विशेष समाचार

‘एक भागवत् र एक गीता’ नाममा रिलिज गर्ने सहमती

काठमाण्डौं: चलचित्रको नाम परिवर्तन गर्नुपर्ने भन्दै केही धार्मिक संगठनहरुले विरोध गर्दै आएको चलचित्र ‘एक भागवत् गीता’को नामलाई लिएर भएको विवाद सहमतीमा टुंगिएको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रको नाममा केही परिवर्तन गर्ने गरी ‘एक भागवत् र एक गीता(सामाजिक कथा) राख्ने सहमती भएको हो । नाममा सहमती भएसँगै अब चलचित्रलाई सेन्सरका लागि सिफारिश दिन चलचित्र विकास बोर्ड तयार भएको छ । छलफलमा चलचित्र विकास बोर्डको हलमा अध्यक्ष

हिजो रोकिएको भारत-पाकिस्तानबीचको खेल आज हुँदै

काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे सुरु हुनेछ । आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो । श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईले पहिलो विकेटका १६

सर्लाहीको सदरमुकाममा कर्फ्यु जारी

सर्लाही। सर्लाहीको सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । आइतबार साँझ ५ बजे बजेदेखि शुरु भएको कर्फ्यू आज (आइतबार) बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर

मोरक्को भूकम्प : मृतकको संख्या २ हजार नाघ्यो

मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म  २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ। भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ।    पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। यहाँ ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको सिएनएनले जनाएको छ। धेरैजस्तो मानवीय

मोरोक्कोमा ७.२ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भुकम्पबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको जनाइएको छ । मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ। भूकम्पको गहिराई जमिनमुनि १८.५ किलोमिटर थियो । भूकम्पको धक्का पोर्चुगल र अल्जेरियासम्म महसुस गरिएको थियो ।  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी अफ्रिकामा भूकम्प एकदमै दुर्लभ हुन्छन्। यसअघि सन् १९६० मा अगादिर नजिक ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

आइजीपीसहितको उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा जाँदै

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । प्रहरीका महानिरीक्षक कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन् । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री

कोशीका मुख्यमन्त्री कार्की र मन्त्रीले सपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज

त्रिभुवन विमास्थलबाट १२ केजी चरेससहित ३ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

वालिङ । माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका

प्रहरीका ५३ जना नायव निरीक्षकहरुको सरुवा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५३ जना प्रहरी नायव निरीक्षक (सई)हरुको सरुवा गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको बिहिवारको निर्णयानुसार प्रहरी नायव निरीक्षकहरुको (संचार तर्फ) सरुवा भएको हो ।