विशेष समाचार

प्रज्ञालयमा कृष्ण जन्माष्टमी

नेपालगंज : मेरो टुकी प्रज्ञालय स्कुलले कृष्ण जन्माष्टमी महोत्सव गरेको छ।प्रज्ञालयले जन्माष्टमीको दिन विविध कार्यक्रमहरु गरेर जन्माष्टमी मनाएको हो। उत्सवका लागि सबै बालबालिकालाई कृष्ण, राधा तथा महाभारतका विशेष पात्रका रुपमा सजाइएको थियो ।उत्सवमा बालबालिकाहरुले संक्षिप्त कृष्णलीला प्रदर्शन गरेका थिए ।कार्यक्रममा बालबालिकाले पूजाआजा, कृष्ण भजनमा नृत्य, कृष्णलीला प्रदर्शनी र शान्तिपाठ गरेकाथिए । कृष्णको जीवन चरित्र र लीला बालबालिका लागि अत्यन्त प्रेरणादायी हुने भएकोले सार्वजनिक विदा हुने भए तापनि प्रज्ञालयले हरेक वर्षकृष्ण जन्माष्टमी सोही दिन भव्यतापूर्वक मनाउने गरेको प्रिन्सिपल कल्पना शर्माले बताइन् । ‘पुराण र इतिहासका प्रेरणादायी पात्रहरुमध्ये कृष्णविशेष छन्’ प्रिन्सिपल शर्माले भनिन्,‘बालबालिकाले अभिनय र उत्सव गर्दागर्दै जीवनमा सत्कर्म, नृत्य, उमङ्ग र सनातन संस्कृति सिक्ने सबैभन्दाराम्रो अवसर जन्माष्टमी हो ।’ कृष्ण जन्माष्टमी महोत्सवमा बालबालिकाले वक्तृता, कविता, नृत्य, मन्त्रोच्चारण आदि गतिविधि गरेका थिए । नेपालगन्जको धम्बोझीमा स्थित प्रज्ञालयले पाठ्यक्रमसँगसँगै वैदिक सनातन संस्कृति, ऐतिहासिक  आदर्श परम्परा सिकाउन यसखाले विविधगतिविधि गर्दै आएको छ ।

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

बेइजिङ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सरकारी कर्मचारीलाई यसप्रकारको फोनहरु कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन्। वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै

प्रधानमन्त्री भेट्न सिंहदबार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रण्डलाई भेट्न ओली प्रधानमन्त्रीको कार्यालयमा सिंहदबार पुगेका थिए । प्रचण्ड र ओलीबीच समासायिक राजनीतिकबारे छलफल भएको बताइएको छ । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा पनि छलफल भएको बताइएको छ ।

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा

काठमाडौं । भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भनि गरेको घोषणा तीन महिनापछि कार्यान्वयन चरणमा लगेको छ । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता

सुन तस्करी प्रकरणमा सीआईबीले लियो दिपेश पुनसँग बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो । ३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी

एमाले नेताहरू चढेको बुद्धको जहाज जनकपुर नजिकै पुगेर काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट जनकपुका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरामा हुन गइरहेको सचिवालय बैठकमा सहभागी हुन हिँडेका नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज विमानस्थन नजिकै पुगेर फिर्ता भएको हो । सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्ट लक्ष्मी शाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

पाल्पामा पहिरोले जीप पुरिदा तीनको मृत्यु, ८ जना घाइते

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले जीप पुरिँदा ३ जनाको मृत्यु भएको छ। सडकमाथीबाट अचानक आएको पहिरोले गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पपरँदा ३ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उक्त स्कारपियो बिहान

तत्काल कुलमानलाई पदबाट निलम्बन गर्न प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने, तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने

मन्दिरबाट हराएकी बालिका मृत भेटिइन्

झापा । भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् । आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए । रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच

ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा