विशेष समाचार

हेलम्बु र मेलम्चीमा फेरी बाढी, विद्यालयसहित ग्याल्थुम बजार उच्च जोखिममा

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरी बाढी आएको छ। बुधवारदेखिको अविरल वर्षाका कारण हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो। लगातारको बर्षाले मेलम्चीको सिमखेतमा सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए ।

ड्युटीमा रहेका इन्सपेक्टर कटवालमाथि बञ्चरो प्रहार

काठमाडौं । इलाका प्रहरी कार्यालय, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) युवराज बञ्चरो प्रहार भएको छ ।  झापाको शिवसताक्षी नगरपालिका–९ स्थित याङया चोकमा तीन जनाको समूहले इन्सपेक्टर कटवालमाथि धारिलो हतियार बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको छ । कटुवाललाई उपचारका लागि बर्तामोडस्थित विएन्डसी अस्पताल लगिएको छ । प्रहरीलाई आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको छ । प्रकाउ पर्नेहरुमा ३२ वर्षीय अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडु

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन

हैटौडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुर्नगठन एर्व कार्यविभाजन गरेका छन् । प्रदेश प्रमुख शर्माले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्रिपरिषद् पुर्नगठन एवं कार्यविभाजन गरेका हुन् । बागमती प्रदेश सरकारमा बहादुरसिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर

रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् । पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उनको सख्त घाइते भएपछि

८० शाखा अधिकृत खटाइए विभिन्न गाउँपालिकामा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ८० जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाएको छ ।  मन्त्रालयले मंगलबार नयाँ नियुक्त भएका उनीहरूलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो । शतप्रतिशत अधिकृतहरूलाई स्थानीयमा पठाउने निर्णय सुधारको निरन्तरता भएको मन्त्रालयको भनाई छ । यसअघि सोर्सफोर्स लगाउन सक्नेले सिंहदरबार छाड्दैनन् थिए भने पावर नहुनेहरूलाई मात्रै तलतिर पठाउने गरिनथ्यो । तर पछिल्लो समय मन्त्रालयले लोक सेवा आयोगकै योग्यता क्रमका

अस्पतालबाट गायब पारिएकी शिशु डाक्टरले बेचेको खुल्यो

काठमाण्डौं । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएका शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ। मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो। कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण देखियो

काठमाडौं : नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस)मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो । यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना सङ्कलन

सशस्त्र प्रहरीमा ५६ जना एसपी र ८४ जना डीएसपीमा बढुवा सिफारिस

काठमाण्डौं :आज मंगलबार सशस्त्र प्रहरी बल,नेपालले एकसाथ ५६ जना डीएसपीको एसपीमा र ८४ जना इन्स्पेक्टरको डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ । एसपीमा बढुवा  सिफारिस हुने डीएसपी सि.सं. ३ र डीएसपीमा बढुवा सिफारिस हुने इन्स्पेक्टर सि. सं. ७ र ८ का रहेका छन् । एसपी बढुवा डिएसपी बढुवा

पाँच एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा खत्री

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलको निर्णयले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरुवामा काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । त्यस्तै डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय र दान

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै