विशेष समाचार

गौरिका र नासिरको नयाँ कीर्तिमान

काठमाण्डौं : दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो ।  २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् ।  यसअघि नासिरको नाममा १ मिनेट ५८.२३

तिनाउ नदीमा जलसतह खतराको तहमाथि,सतर्क रहन आग्रह

काठमाडौं । नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । र, जल सतह अझै बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा

१ सय २२ जना सई बरिष्ट सईमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी बरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले जनपद समुह तर्फका १ सय २२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी बरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुर्खेत । बिरेन्द्रनगर नगरपालिक- १४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको हो । त्यस्तै कैलारी गाउँपालिका- ६ खरुवाखेडा बस्ने ५२ वर्षीय नारायण प्रशाद चौधरीलाई भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने ६६ पिस फलामको छर्रा, बारुद ४ डिब्बा र सिसाका टुक्राहरू १०

ललितानिवासको जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामनिा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले आइतबार श्रेष्ठलाई नियन्त्रणमा लिएसुँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

महोत्तरीमा डीएसपी यादव कुटिए

काठमाडौं । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादवमाथि बिहीबार राति १० बजेको समयमा जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर

पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ गर्न नपाइने

पोखरा । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आज देखी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ निषेध गर्न लागेको हो । पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरे अनुसार आज देखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो । उनका अनुसार बसपार्क भित्र भोलीबाट कम्तिमा १ सय ५० सवारी साधान

मलाई मार्न पूर्वडिआइजी खरेल रिभल्बर बोकेर हिँडेका थिए: वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको बताएका छन् । शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रहेका रमेश खरेल इन्सपेक्टर भएका बेला आफूलाई मार्नलाई रिभल्बर बोकेर हिँडेको आरोप लगाएका हुन् । नेता गौतमले अहिले तिनै व्यक्तिले बामदेवको पालामा सुन तस्करी भएको भन्दै गलत प्रचार गरिरहेको बताए ।

फोहोर व्यवस्थापनमा स्थानिय सिपको प्रयोग

दिपेश जंग शाह/रुकुम पूर्व : प्राय ठाउँहरुमा फोहर व्यवस्थापनका लागि डस्टविन राखिएको हुन्छ तर लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भने फोहर व्यवस्थापनका लागि डस्टविन नराखी स्थानिय बासवाट निर्मित डोको राखिएको छ । बढ्दो बजारीकरणसंगै प्लाष्टिक झोला र बजारको फोहोरलाई व्यवस्थापन गर्न र स्थानीय सीप/कलालाई प्रवद्र्धन गर्ने मुख्य उदे्श्यका साथ रुकुमकोट बजार क्षेत्रमा रुकुमकोट उद्योग वाणिज्य संघले डोकोको प्रयोग गरिएको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केबेन्द्र गौतमले बताए । 

मणिराम पोखरेलको ‘जारी’ले मनायो सय दिन

काठमाडौं । करिब पांच वर्षपछि नेपाली फिल्म ‘जारी’ ले प्रदर्शनको सय दिन पूरा गरेको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको फिल्म ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको हो । उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी’ यतिबेला काठमाडौं उपत्यकामा तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न