विश्व

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त

मलेसियाको संसद् विघटन,६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्। टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले

सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी । सेल्टा डि भिगोमाथि झिनो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा शीर्षस्थानमा फर्किएको छ । सेल्टालाई १–० ले हराएपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना पुनः शीर्षस्थानमा फर्किएको हो । घरेलु मैदान नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा पाब्लो गाभीको पासलाई नुनेजले क्लियर गर्न नसकेपछि पेड्रीले बल भेट्दै गरेको प्रहारले जाली चुमेको थियो । त्यसपछि

अन्तर्राष्ट्रिय म्याराथनसँग नेपालगन्ज म्याराथनको सहकार्य सुरुवात

नेपालगंज । मंसिर २४ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष

यसपटकको विश्वकप मेरो अन्तिम हो: मेसी

एजेन्सी । लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने टिप्पणी गरेका छन् । ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । मेसीले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले । ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’ ‘म अहिले

काबुलको मस्जिद नजिकै विस्फोट हंदा ४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो । यस मस्जिदमा अहिले तालिबानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् । राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा

विद्यालयमा सेनाले गोली चलाउँदा छ बालबालिकाको मृत्यु, १७ जना घाइते

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको

महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व।एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल

बेलायतकी महारानी एलिजावेथको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिवेथ द्धितियको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरवारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको

चीनको शक्तिशाली भूकम्पमा कम्तिमा ४६ जनाको मृत्यु

एजेन्सी । चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको