विश्व

४७ वर्षीया लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक संकटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनेछन् । बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किए

कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । देशको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई

कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु

कोलम्बिया । दक्षिणपश्चिमी कोलम्बियामा विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि

आसिफ शेखको शतकमा नेपालको सानदार जित

काठमाडौं । ओपनर आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले

एसिया कपको सुपर चारमा श्रीलंका

काठमाडौं । श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंकाले सुपर चारमा स्थान बनाएको हो । बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।

नासाले नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने

एजेन्सी । नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्ने भएको छ । केही दिनअघिको तालिका रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेपण गर्न लागिएको हो । सोमबार बिहान प्रक्षेपणका लागि योजना गरिए पनि रकेटका ४ आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि स्थागित गरिएको थियो । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यसले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै

एपेक्स र केएन ट्विन टावर भत्काइदै

दिल्ली । नयाँ दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ ए स्थित प्रसिद्ध ट्विन टावर आज भत्काइदैछ । आइतबार दिउँसो २ः३० बजे यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । टावर भत्काउन १२ सेकेन्ड मात्रै लाग्नेछ । टावर भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन् । धेरै गैरसरकारी संस्था भवन नजिकै बस्ने कुकुरलाई बचाउन एकसाथ काम गरिरहेका छन्

गाजा र इजरायलबिच युद्धविराम गर्ने सहमति

गाजा । इजरायलले गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो । गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ । शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो । जबाफमा

नेपाल प्रहरीद्वारा एक अर्ब भन्दा वढीको लागुऔषधसहित सात जना विदेशी पक्राउ

काठमाडौैं । लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले ऐतिहासिक सफलता पाएको छ । प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ ।   लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।   ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक

आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटायो

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरेपनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ ।   कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको