विश्व

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले चुम्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

न्युजिल्यान्डले बुधबार भारतलाई ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र उसले लगातार क्याच छाडेको थियो । न्युजिल्यान्डले त्यसको फाइदा उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो ।न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रनमा नटआउट रहे । यस्तै रस टेलरले ४७ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी

विभिन्न देशहरुलाई अमेरिकाले ५ करोड बढी डोज खोप बाँड्ने

काठमाडौं । संसारका विभिन्न मुलुकलाई संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ । सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो । अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ । पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने

युरोकपमा रुसको पहिलो विजयी

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित निकालेकोछ । पहिलो खेलमा बेल्जियमसँग पराजित भएको रुस दोस्रो खेलमा जित निकाल्न सफल भएको हो । बुधबार भएको दोस्रा खेलमा रुसले जित निकालेको हो । समूह चरणको दोस्रो खेलमा रुसले फिनल्यान्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । खेलको

युरोकपमा अष्ट्रियाको  विजयी सुरुवात

काठमाडौं  । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले  विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए । यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ । म्यासेडोनियाले

पुणेको एक सेनिटाइजर कारखानामा आगलागी हुँदा १८ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा सेनिटाइजर कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । सोमबार साँझ सेनिटाइजर उत्पादक कारखानामा भीषण आगजनी भएको हो । कारखानामा भीषण आगलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसपीसहित ७ प्रहरी घाइते

वारा । रौतहटमा आइतबार राति सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको छ । झडपमा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । जिल्ला गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा भएको विवाहमा डिजे बजाएर भीडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो । ‘पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डीएसपी द्वारिका घिमिरेले

सुडान मिसन पनि वन्द भएसँगै प्रहरीलाई शान्ति मिशनको अवसर कम हुँदै,

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू)का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ । सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि

अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । गत

नासाले शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने

एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा

युरो कपको खेल तालिका नेपाली समयअनुसार यस्तो छ (तालिका सहित)

एजेन्सी – विश्वमा निकै नै लोकप्रिय क्लब फुटबलको यो सिजन सकिदैछ । तर, क्लब फुटबल सकिने संघारमा रहँदा अब सबैको ध्यान  युरो कपमा रहनेछ । गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । युरोपियन