विश्व

नेपाललाई १० लाख डोज खोप तत्काल लैजान चीनको प्रस्ताव

काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ । चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार खोपलगायत द्विपक्षीय सुरक्षा र सहयोगबारे टेलिफोनमा कुराकानी

चीनद्धारा श्रीलङ्कालाई पाँच लाख डोप खोप सहयोग

बेङजिङ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरुद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन । बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर

साउदीबाट ४२ हजार नेपाली चार्टड उडानद्वारा स्वदेश फिर्ता

काठमाडौं । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् । साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार गुमाएर अलपत्र परेका ४२ हजार ३ सय ६ जना नेपाली

चिनियाँ राष्ट्रपतिद्वारा नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

डब्लूएचओले कोरोना सम्बन्धि स्वास्थ्य सामग्री साता दिनमै नेपाललाई उपलब्ध गराउदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा बढी स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ । यसैक्रममा अबको साता दिनमै नेपाललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने डब्लूएचओले जनाएको छ । नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइन लागेको डब्ल्यूएचओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको

अमेरिकामा भेटियो अर्को डरलाग्दो भाइरस

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले आक्रान्त बनाइरहेकै बेला फेरि अर्को भाइरस देखा परेको छ । महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको छ । बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका

भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् । यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल अघि नै छुट्टी दिन कोम्यान तयार भएका हुन् । यसले उनलाई कोपा अमेरिकाको तयारीका लागि केहि

अमेरिकाद्वारा चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पती भएको दाबी

काठमाडौं । अमेरिकाले चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पतीभएको दाबी गरेको छ । विश्वव्यापीमहामारीका रुपमा फैलिएको भाइरसको उत्पतिबारै अझै एकिङ तथ्य फेला नपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ आफ्नै किसिमका दाबीगर्दै आएका छन् । अमेरिकी स्वास्थ्यअधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको हुनसक्ने दाबी गरेका हुन । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसीका निर्देशक समेत

काबुलको विद्यालय बाहिर विष्फोट हुँदा ३० जनाको ज्यान गयो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको ज्यान गएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएको समाचारमा जनाइएको छ । समाचार एजेन्सी रोयटर्सले घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको र उनीहरुको उपचार जारी रहेको जनाएको छ । समाचार अनुसार अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए

भारतद्वारा नेपालका लागि 'लिक्विड' अक्सिजन’को आपूर्ति खुला

काठमाडौं । भारतले नेपालका लागि भनेर ‘लिक्विड अक्सिजन’को आपूर्ति खुला गरेको छ । दुई देशका राजदूतको समेत पहल र दुई पक्षीय अनौपचारिक संवादपछि भारतले नेपाललाई मात्र खुलाएको हो । मानवीय संकट उत्पन्न हुने भएपछि परराष्ट्र मन्त्रालयले भारतसँग गम्भीरतापूर्वक छलफल भएको जनाएको छ । भारतको गृहमन्त्रालयले उत्तर प्रदेश र विहार सरकारलाई नेपालतर्फ लैजाने लिक्विड अक्सिजन आपूर्तिमा सहजीकरण गर्न भनिसकेको बताइएको छ । अब नेपालमा अक्सिजनको अभाव नहुने दावी गरिएको छ ।