विश्व

चिनियाँ राजदूत बसेको होटलमा ठूलो विष्फोट कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका समय चिनियाँ राजदूत क्वेटा शहरमै थिए क्वेटा, बलूचिस्तान प्रान्तको राजधानी हो, जुन अफगान सीमा नजिक पर्दछ ।यद्यपि विष्फोटका बेला चिनियाँ राजदूत होटलमा नरहेको बताइएको छ । विष्फोट होटलको कार पार्किङमा भएको हो ।सेरेना होटल

आइपिएलमा बेंगलोरको लागातार दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४

ब्राजिलमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ४८० को ज्यान गयो

काठमाडौं । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ कोरोना संक्रमणबाट कम्तीमा एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार

चीनमा बनेको खोप कमजोर भएको प्रतिक्रिया

काठमाडौं । चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्। एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए। नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।   पछि गाउले सम्मेलनमा राखेको आफ्नो

परिवारलाई पीडामा देख्न अत्यन्तै गाह्रो हुन्छ : अभिषेक बच्चन

लकडाउनको समयमा अभिनेता अभिषेक बच्चन वेब सिरिज ‘ब्रीद’ र चलचित्र ‘लूडो’मा देखिए । पछिल्लो समय चलचित्रको पर्दामा त्यति नदेखिएका अभिषेक लकडाउनदेखि पुनः चलचित्रको पर्दामा सक्रिय रूपमा देखिन थालेका छन् । यो समायवधि अभिषेकको अभिनय करियरका लागि राम्रो रह्यो भने पारिवारिक परिवेश केही तनावपूर्ण नै रह्यो । बुवा अमिताभसहित पत्नी ऐश्वर्या र छोरी आराध्यालाई कोरोना संक्रमण भएपछि सबैजना अस्पताल भर्ना हुनुपर्‍यो । बिहीबार (९ अप्रिल) मा उनको अर्को चलचित्र ‘द बीग

नेपाल फर्कने टिकट काटेका गगनको हृदयघातले मृत्यु, शव आजै सुर्खेत पुर्याइदै

काेठामै सुतेकाे समयमा आज भन्दा १० दिन अगाडि हृदयाघातका कारण दक्षिण काेरियामा मृत्यु भएका सुर्खेतका गगन रावलकाे शव आज नेपाल ल्याइएको छ । मृतक रावल अप्रिल ९ तारिख अर्थात आजकै दिन नेपाल आउने तयारीमा थिए,उनलेे आजै नेपाल आउन जहाजको टिकट पनि लिएका थिए । तर दुर्भाग्य आज उनको पार्थिव शरीर बाकसमा नेपाल आएको छ । उनको शव लिन त्रिभुवन विमानस्थल पुगेका उनका आफन्त तथा शुभचिन्तकहरु निकै स्तब्ध थिए । याे

कोभिड–१९ विरुद्धको चिनिया खोप आजदेखी लगाइदै

चीनबाट अनुदान सहयोगमा आएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट लगाउन लागिएको हो । उक्त खाेप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने

कतार प्रहरीमा कुनै माग नआएको भन्दै विभागद्वारा विज्ञप्ति जारी

वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई

ताइवानमा भयानक रेल दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु

ताइवान । ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् । छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा