कतार प्रहरीमा कुनै माग नआएको भन्दै विभागद्वारा विज्ञप्ति जारी
वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट