विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई समेटेर अमेरिकाले प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने
काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो