विश्व

सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ । दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका

युक्रेन–रुस युद्ध: रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ ।  युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।  दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र  दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।  यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न

भारतमा भएको सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्खेतको चौकुने गाउँपालिकाका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरु ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र उनीहरुका भाइबुहारी सुस्मिता नेवार रहेको बताइएको छ । उनीहरू

भारत रेल दुर्घटना: १३ को मृत्यु,५० जनाभन्दा बढी घाइते

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो । रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको

इजरायली आक्रमणमा कम्तीमा ७ हजारको मृत्यु

एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् । अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ

इजरायलबाट १८ नेपाली भारत आइपुगे

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ जना नेपाली भारत आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत भारतसम्म ल्याइदिएको हो । १८ जना नेपालीहरु आज बिहान भारत आइपुगेको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको पनि जानकारी दिएका छन् । नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत

गाजा क्षेत्रमा फेरि हमला गर्दैछौं: हमास

प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलमा पुनः हमला गर्ने चेतावनी दिएको छ । हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले गाजा क्षेत्रमा थप हमला गर्ने बताएका हुन् । उनले छन्, ‘हामी हाम्रो भुमी रक्षा गर्ने पक्षमा छौं । त्यसका लागि हामी पुनः इजरायल माथिको हमलालाई दोहोर्याउँछौं ।’ ‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ । अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे

कानुनी प्रक्रिया नपुगेको भन्दै इजरायलमा मृत्यु भएका १० विद्यार्थीको शव ल्याउन ढिलाई

काठमाडौं । इजरायलमा मृत्यु भएका १० जना विद्यार्थीको शव तत्काल नल्याइने भएको छ । नेपाली नागरिक लिन बुधबार राति इजरायल गएको नेपाल एयरलाइन्सको जहाजले मृतक १० जनाको शव आज नल्याउने भएको हो । पोस्टमार्टमलगायका कानुनी प्रक्रिया बाँकी रहेकाले कानुनी प्रक्रिया पूरा गरेर १० जनको शव पनि छिट्टै ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताए । उनले भने, ‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले शव हस्तान्तरण गरेको छैन। कानुनी

बिहार रेल दुर्घटना: ६ जनाको मृत्यु,१०० जना घाइते

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ ।  दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु र १०० जना घाइते भएका छन् । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्प

काबुल । अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । आज महशुश गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको