विश्व

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १० हजार ४९२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

महेन्द्र सिंह धोनीकाे सन्याश: एक युगको अन्त्य

काठमाडौँ ३२, साउन । विश्वको नजर शनिबार साँझ त्यो इन्स्टाग्राम पोस्टमा अडियो जसमा महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएको घोषणा गरे।लगत्तै सुरेश रैनाले पनि इन्स्टाग्राममा पोस्ट गरे कि उनी पनि यो यात्रामा धोनीकै साथमा छन्, अर्थात उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका छन्। सुरेश रैनाले भारतका लागि १८ टेस्ट म्याच र २२६ वनडेका अलावा कुल ७८ टि–२० म्याच खेले । २२६ वनडे म्याचमा रैनाले पाँच शतकको मद्दतले ५६१५ रन

कोरोना भाइरसः यो साता विदेशमा नेपालीको मृत्यु भएन

काठमाडौँ ३२, साउन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो हप्ता संक्रमणका कारण विदेशमा कोही पनि गैरआवासीय नेपालीको मृत्यु भएन । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार बेलुकासम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।विश्वका ३८

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड वढि, मृतकको संख्या ७ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका

न्यूजिल्याण्डमा १०२ दिनपछि स्थानीय संक्रमित भेटिएपछि ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन

काठमाडौं २८ साउन । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै यात्रा नगरेका एकै परिवारका चारजनामा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय संक्रमण मुक्त १०२ दिनको क्रम भंग भएको हो न्यूजिल्याण्डमा। संक्रमित व्यक्तिसँग

चाैतर्फी विरोधपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । अघिल्लो मंगलबार लेबनाममा भएको विस्फोटप्रती चाैतर्फी तीव्र विरोध भएपछि त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । विरोध पछी प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । विस्फोटपछि त्यांहा प्रदर्शनकारीले विरोध तीव्र पारेका थिए । लेबनानमा अघिल्लो साता भएको विस्फोटमा परी २ सय भन्दा बढीको ज्यान गएको थियो ।

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ । कोरोनाले भाइरसले सबैभन्दा बढी ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि सबै प्रतिबन्ध फुकुवा

न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्‍याइने प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्। त्यसको अर्थ मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ। आर्डर्नले ‘न्यूजील्यान्डले भाइरस जित्न अभूतपूर्व रूपमा एकताबद्ध भएर काम गर्‍यो’ भनिन् ।आर्डर्नले ‘तर भाइरस निर्मूल नहुने त्यसैले

अमेरिकी डीभीको नतिजा भोलि सार्वजनिक हुँदै

काठमाडौं अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि २४ जेठमा सार्वजनिक हुने भएको छ। अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो। नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ। ५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा

कोरोना भाइरस विरुद्धको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने

काठमाण्डौ १८ जेठ । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ । मे