विश्व

दोहोरो नागरिकतामा मुछिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री अदालतद्वारा बर्खास्त

१० कात्तिक, काठमाडौं । अष्ट्रेलियाको एउटा अदालतले उपप्रधानमन्त्री बार्नाबी जोयस र अन्य चार राजनीतिज्ञहरुसँग दोहोरो नागरिकता रहेको भन्दै आफ्नो पदका निम्ति अयोग्य ठहर गरेको छ । हाइकोर्ट अफ अष्ट्रेलियाको सो ठहरपछि जोयससहित तीन जनाले कार्यालय छोड्नुपर्ने भएको छ भने अन्य दुई जुलाईमा रिटायर्ड भइसकेका छन् । अष्ट्रेलियाको संविधानले दोहोरो नागरिकता भएका व्यक्तिले चुनाव लड्न नपाउने व्यवस्था गरेको छ । जोयसको बहिर्गमनबाट सरकारले बहुमत गुमाएको छ तर, उनी उपनिर्वाचनबाट फेरि फर्किन

इन्डोनेसियाको पटाका कारखानामा विष्फोट, २३ मारिए

९ कात्तिक, जाकार्ता । इन्डोनेसियाको एक पटाका कारखानामा भएको विष्फोटमा परी कम्तिमा २३ जना मारिएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान नौ बजे राजधानी जाकार्ताबाट पश्चिमस्थित तांगेराङको उक्त कारखानामा विष्फोट भएको हो । स्थानीय प्रहरी अधिकारी ह्यारी कुर्नियावानका अनुसार भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी छ । टेलिभिजन फुटेजहरुमा कारखानाबाट बाक्लो धुवाँ निस्किरहेको छ । आगो भने नियन्त्रणमा आएको छ । घाइते र मृतकको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

सोमालियाको राजधानीमा बम विष्फोट, १४ को मृत्यु

१२ कात्तिक, मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । दुई हप्ता अघि पनि मोगादिशुमा विष्फोट हुँदा ३५० जनाको मृत्यु भएको थियो । शनिबार एक कार बम विष्फोट होटलको छेउँमा भयो र त्यसको ठीक २० मिनेटपछि पुरानो संसद भवन नजिकै मिनी बसभित्र विष्फोट भयो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । सोमालियाका अधिकारीहरुले दुई हप्ता अघिको विष्फोटमा पनि

कुर्द राष्ट्रपति बर्जानीद्वारा पद त्याग

१३ कात्तिक, इराक । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले पदबाट राजीनामा दिएका छन् । उनले कुर्दिस्तानलाई अलग स्वतन्त्र राज्य बनाउने संघर्षको नेतृत्व गर्दै आएका थिए । टेलिभिजनमार्फत् सम्वोधन गर्दै ७१ वर्षीय बर्जानीले राजीनामा दिएको घोषणा गरे । तर, राजीनामा दिए पनि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने उनले बताएका छन् । कुर्दिस्तानमा २५ सेप्टेम्बरमा स्वतन्त्रता सम्वन्धी जनमत संग्रहसमेत भएको थियो । जनमत संग्रहमा ३० लाख मत आएको भन्दै बर्जानीले यस इतिहासलाई