इजरायलमा विद्यार्थीको मृत्युपछि ‘राष्ट्रिय शोक’ घोषणा,राष्ट्रिय झण्डा आधा झुकाउने
काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एकदिन राष्ट्रिय शोकको घोषणा गरेको हो । मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले देशभर बिदा दिएको नभइ राष्ट्रिय