विश्व

पूर्वप्रधानमन्त्री बोल्सोनारो पनि तानिए अनुसन्धानमा

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्वप्रधानमन्त्री जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ । न्यायाधीश अलेक्जान्डर डे मोरेसले अटर्नी जनरलको कार्यालयबाट बोल्सोनारोलाई समावेश गर्नको लागि अनुरोध स्वीकार गरे । आइतवार राजधानी ब्रासिलियाकमा भएका दंगमा बोल्सोनारोको अप्रत्यक्ष संलग्नता रहेको अनुमान गरिएको छ । दंगाको दुई दिनपछि अभियोजकको कार्यालयले फेसबुकमा बोल्सोनारोले पोस्ट गरेको भिडियो पेस गरेको थियो । भिडियोको विश्लेषण गरिसकेपछि, न्यायाधीश डी मोरेसले

महान फुटबल खेलाडी पेलेको आज अन्त्येष्टि गरिंदै

एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेले (एडसन अरान्ते दो नासिमेन्तो) को आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो

चार्ल्स शोभराज १९ वर्षपछि उन्मुक्त

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको अन्तरालमा खुला आकाश देख्न पाएका चार्ल्स शोभराजले प्रसाशनसँग आफ्नो तस्वीर नखिचाउन अनुरोध गरेका थिए । र, प्रहरीले उनकै अनुरोध बमोजिम अनुहार छोपेर अध्यागमन पुर्याए । अध्यागमनदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म कसैलाई तस्वीर खिच्न नदिइ प्रहरीले उनलाई पुर्यायो । सम्भवत उनले नेपालको खुला आकाश देख्नै पाएन । तर, जहाज चढेपछि शोभराजको एउटा तस्वीर सार्वजनिक भयो । जहाँ वयोवृद्ध शोभराज उन्मुक्त देखिए । कतार एयरवेजबाट फ्रान्स उडेका शोभराज

थाइल्यान्डमा पानीजहाज डुब्दा ३१ जना वेपत्ता

एजेन्सी । थाइल्यान्डको दक्षिणपूर्वी तटमा पानीजहाज डुब्दा कम्तीमा ३१ जना बेपत्ता भएका छन् । सोमबार १ सय ६ जना सवार ‘एचटीएमएस सुखोथाई’ पानीजहाज प्राचुआप खिरी खानको बाङ सफान किनारनजिकै डुब्दा ३१ जना नौसैनिक बेपत्ता भएका हुन् । थाइल्यान्डको खाडीमा गस्ती गरिरहेका बेला जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि दुर्घटना भएको थाई नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले जानकारी दिएका छन् । नौसेनाले सार्वजनिक गरेका तस्बिरमा कडा छाल पार गर्ने क्रममा जहाज एक

अफगानिस्तानस्थित एक सुरुङभित्र आगलागी हुँदा १९ जनाको मृत्यु

काबुल । अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ । ‘इन्धन ट्याङ्कर विस्फोट भयो… म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई

केलियन एम्बाप्पेलाई गोल्डेन बुट

काठमाडौं । कतारमा सम्पन्न भएको विश्वकप फुटबल २०२२ मा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । सबैभन्दा धेरै ८ गोल गरेका उनले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएकाे अर्जेन्टिनाले अन्तत विश्वपकप उपाधि

फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् । पछिल्लो पटक उपाधि जित्दा मुख्य भूमिका निर्वाह गरेका एनगोलो कान्टे र पल पोग्बा यसपटक

विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया

एजेन्सी । क्रोएसियाले फिफा विश्वकप कतार २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २-१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो । क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १-१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल