विश्व

दोस्रो पटक फ्रान्स विश्वकपको फाइनलमा

काठमाडौं । फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो। कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो । फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो

अर्जेन्टिना विश्वकपको फाइनलमा

एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । आजको जितमा मेसीका साथै जुलियन एकअर्काका लागि परिपुरक जस्तै बने । खेलको ३४ औं

अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त

लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ । डिसेम्बर ९ मा भएको उक्त झडपमा आमनेसामनेले दुवै पक्षका सेनालाई सामान्य चोटपटकलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो । यी

अष्ट्रेलियामा गोली चल्यो, २ प्रहरीसहित ६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो । सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो । क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले

जर्मनी विश्वकपबाट बाहिरियो

काठमाण्डौं । जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे

मुम्बई ताज होटेल आक्रमणका मास्टरमाईण्ड डेभिड हेडलीको कथा

काठमाण्डौं । भनिन्छ सेप्टेम्बर २००६ मा जब डेभिड हेडली पहिलो पटक ताज होटलमा प्रवेश गरे, त्यहाँको वैभव र त्यहाँ काम गर्ने मानिसहरूको व्यवहार देखेर उनलाई सो भव्य ठाउँलाई ध्वस्त पार्न सजिलो नहुने महसुस भएको थियो । टावर लबीमा ‘फ्रान्जीपानी’को मादक गन्ध र सी लाउन्जको झ्यालबाट देखिने गेटवे अफ इन्डियाको दृश्यले उनमा झण्डै होटेलमाथि आक्रमणको सोच धरमराएको थियो ।  मुम्बईको पहिलो भ्रमणका क्रममा हेडलीसँग ताजमा बस्न पैसा थिएन । त्यसैले उनी ताजबाट साढे

फिफा विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको

फिफा विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा

कतार विश्वकप आजबाट सुरु, मोबाइलबाट हेर्न नमिल्ने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज (आइतबार)देखि सुरु हुँदैछ । विश्वभरबाट छानिएका ३२ देशका टोलीहरुले विश्वभर फुटबलमय बनाउनेछन् । कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् । विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ । नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक

उत्तर कोरियाद्धारा ब्यालिस्टिक मिसाइल प्रहार

एजेन्सी । उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो पटक उक्त मिसाइल प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई