शिक्षा

एसईईको नतिजा अन्तिम चरणमा

काठमाडौँ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो

विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने

काठमाडौं । अब विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विद्यालयको दिवा खाजामा जंक फुड दिन नपाइने बताए । यस्तै अर्थमन्त्री महतले छात्राहरुलाई निःशुल्क सेनीटरी प्याड दिने व्यवस्थालाई निरन्तरता दिने पनि बताए ।

कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । यसपालिको परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।अघिल्लो वर्ष तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको

विद्यालयले पोसाक र किताब बेचेको पाइए कारबाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयले किताब र पोसाक बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आएको भन्दै मेयर साहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न भनेका हुन् । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले भनेका

धनुषाको एक परीक्षा केन्द्रमा  नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो

जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ ।  रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा

एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाण्डौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) जापानमा पनि परीक्षा केन्द्र कायम गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नेपालबाट रोजगारीका

एक्सपर्टले शुक्रबार नेपालगन्जमा 'एक्सपर्ट एडमिसन डे २०२३' विशेष कार्यक्रम गर्दै

नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले ‘एक्सपर्ट एड्मिसन डे २०२३’ विशेष कार्यक्रम आयोजना गर्नेभएको छ। शुक्रबार एक्पर्टको नेपालगन्ज स्थित कार्यालयमा उक्त कार्यक्रम हुनेछ। मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने

स्थानीय सरकारलाई स्वास्थ्य समस्यामा जिम्मेवार बनाउन बिद्यालयहरुमा कार्यशाला संचालन

नेपालगञ्ज । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको छ । बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सवाल, समस्यालाई प्रत्यक्षरुपमा स्थानीय सरकारले बुझ्ने र यस्ता समस्यालाई समाधानका लागि जिम्मेवार हुने उद्देश्यका साथ बर्दियाका बिभिन्न पालिकाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको हो । कार्यशालाले बिद्यालयमा किशोर किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर सिक्ने, आवश्यक सुबिधाहरु निर्माण गर्ने, महिनावारी स्वच्छता जस्ता

आदर्श मावि नेपालगन्जका विद्यार्थीद्वारा शैक्षिक सामाग्री वितरण

नेपालगन्ज : आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हर कुरामा अग्रसर छन्। चाहे पढाइमा होस् या अन्य अतितिक्त क्रियाकलापमा नै किन नहोस् सदैव सक्रिय छन्। त्यसो त, सामाजिक कार्यमा पनि अग्रसर छन् आदर्शका विद्यार्थीहरु। शुक्रबार मात्रै यस् विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । आदर्श माविका प्रशिक्षक चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको

नेपालगन्जमा नयाँ सुरुवात : 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु

नेपालगन्ज : नेपालगन्जमा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु भएको छ। आदर्श माध्यमिक विद्यालय नेपालगन्जको अयोजनामा बिहीबारदेखि नेपालगन्जको रंगशालामा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु गरिएको हो। विद्यालय स्तर अन्तर्गत खेल जगतमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’मा १२ वटा खेलहरु सम्पन्न हुनेछन् । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन समारोहलाई रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनको दिन बिहिवार नेपालगन्ज रंगशालामा दौड र फुटबल , कभर्ड हलमा ब्याडमिन्टन