शिक्षा

आगामी जेठ ३० गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो ।   त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये

बरिष्ठ नेता नेपाल लगायत एक दर्जनलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए । एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा

आगामी जेठ १३ गतेदेखि २०७७ सालको एसईई परिक्षा सन्चालन हुने

काठमाडौं । आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो । बोर्डले नै आगामी एसईई राष्ट्रिय परीक्षा लिने भएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन

एसइई र १२ विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न डी ग्रेड ल्याउनुपर्ने

काठमाडौं । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन

झापामा शिक्षकको कुटाइबाट बालकको मृत्यु

काठमाडौं । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा ८ को पाठ्यक्रममा समावेश

काठमाडौं । लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ । कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । “लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् । मिचिएको भूभागसहितको नक्सा संसद्बाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । अहिले सोही

परिक्षा दिएको दुई महिना पछि कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। वैशाख/जेठमा नै लिइने कक्षा १२ को

कृषि विकाश बैंकमा अधुकृत सहित ३२६ जना कर्मचारी माग

  काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ। वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले अधिकृत सहित  विभिन्न पदका लागि जम्मा ३२६ जना कर्मचारी मागेको हो। आज शुक्रबारको गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। आज सूचना निकाल्दै अनलाइनबाट

भक्तपुरमा स्कुलका सुरक्षा गार्ड मृत भेटिए

काठमाण्डौं । भक्तपुरको सुर्यबिनायक स्थित पलाँसेमा सुरक्षागार्डका रुपमा कार्यरत एक व्यक्ति मृत फेला परेका छन् । गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ ‘साईला’ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   सिन्धुपाल्चोक पाँचपोखरी घर भएका लक्ष्मीदास सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।   गणेश बाल स्कुल नजिकै खोल्सामा फेला