प्रहरीको ट्रयाकसुट ठेक्कामा डिआइजी ढकालको रजगज
काठमाण्डौं । लामो समयदेखि प्रबन्ध शाखामा रहेका डिआइजी केदार ढकालको टिमले नेपाल प्रहरीमा सिपाहीको रगत पसिनामा मनमौजी गरेको खुलेको छ ।यो तथ्य प्रहरीले गत वर्ष खरिद गरेको ६० हजार ट्रयाकसुटमा करोडौँ रुपैयाँ घोटाला भएको दाबीले पुष्टि गरेको छ । २०७९ मंसिर १५ मा खरिद सम्झौता गरेको ६० हजार ट्याकसुटको ठेक्का रितेश अग्रवालले पाएका थिए । त्यसमा ११ करोड २९ लाख भुक्तानी भएको स्रोतको दाबी छ । आरए इन्टरनेशनलले पोलिस्टरको कपडा