समाचार

झापाका किसानहरु सुपारीखेतीबाट राम्रो आम्दानी गर्दै

झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ’, उनले भने ।

काभा बिच भलिबलमा महिला टोलीको जित

काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला बिच भलिबल टोलीले सफलता हातपारेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । च्याम्पियनसिपमा महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछ ।महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । प्रतिस्पर्धा गर्दैछन्

एक थान पेस्तोलसहित २ भारतीय पक्राउ

सिराहा । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको  बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साहलाई पक्राउ गरेको हो ।

कतार आइपुगे गायक शिव परियार

दर्शन सुनार/कतार : पछिल्लो समयका व्यस्त भर्सटायल गायक तथा संगीतकार शिव परियार बुधबार कतार आईपुगेका छन्। दोहाको मुटुमा रहेको होटेल स्टाटियोको सातौं तलामा अवस्थित क्लब ईन्फिनिटीको शुभारम्भसँगै आफनो सांगीतिक प्रस्तुति दिन परियार कतार आइपुगेका हुन्। परियारलाई स्वागतका लागि हमद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी,कार्यक्रम संयोजक रोशन अर्याल,एन्जिला कार्की,लक्ष्मी दर्नाल लगायत अन्य पदाधिकारीहरु एअरपोर्ट पुगेका थिए । शुक्रबार कार्यक्रमको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साझं ६ बजेबाट सांगीतिक कार्यक्रम

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको छ।  बुधबार सूचना जारी गर्दै मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो। सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ। प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले

वर्षाका कारण बागमती नदी किनाराका बस्तीहरू डुबानमा

काठमाडौँ । मंगलवार रातीबाट आएको अविरल वर्षाका कारण काठमाडौँ बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।  बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको

ईखुवा जलविद्युतमा कार्यरत दुई जनालाई बाढीले बगायो

भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका

सांगीतिक प्रस्तुतिको लागि शिव परियार कतार आउँदै 

दर्शन सुनार/कतार : भर्सटायल गायक शिव परियार सांगीतिक प्रस्तुति दिन कतार आउने भएका छन्। आगामी शुक्रबार दोहाको मुटुमा रहेको होटेल स्टाटियोको सातौ तलामा अवस्थित क्लब ईन्फिनिटीको शुभारम्भ सगैं आफनो सांगीतिक प्रस्तुति दिन परियार कतार आउन लागेका हुन् । सांगीतिक प्रस्तुति दिन कतार आउन लागेका  परियारले आफू कतार आउन लागेको कुरा सामाजिक सञ्जाल मार्फत समेत जानकारी दिएका छन । उक्त कार्यक्रममा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन क्लब सचांलकद्धय सन्दीप भट्टराई र

एआइजीलाई थाहै नदिई  डिआइजीले गरे लेखा प्रमुखहरुको सरुवा

काठमाडौं । हरेक पटक झै यसपटक पनी नेपाल प्रहरीभित्र लेखा प्रमुखहरुको सरुवा मनपरी भएको छ । लेखा प्रमुखहरुको सरुवा असार मसान्तभित्र गरिसक्नु पर्ने नियम भएपनी दुई साता पछी साउन दोस्रो साता मात्र ठूलो आर्थिक चलखेल गरी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखाप्रमुखहरुको सरुवा गर्नुपर्ने प्रावधान छ । गृहमन्त्रालयका उच्च कर्मचारी, आइजीपी बसन्त कुँवर, आर्थिक प्रशासन महाशाखाका प्रमुख डिआइजी केदार ढकालले ठूलो आर्थिक चलखेल

आदर्श समाज कतारद्वारा 'आदर्श सन्देश स्मारिका अंक २' विमोचन

दर्शन सुनार/कतार : “कास्की आदर्शको चाहना,सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मुल नाराका साथ कास्की आदर्श समाज कतारले आफ्नो २२औ स्थापना दिवस तथा आदर्श सन्देश स्मारिका अंक २ को विमोचन गरेको छ । कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा स्थापना दिवस सगैं सन्देश स्मारिका अकं र को बिमोचन गरेको हो । विधिवत रुपमा सहित केक काटेर पुस्तक