झापा, बांके,रुपन्देही लगायत १ दर्जन वढी जिल्लाका एसपी फेरिदै
काठमाडौं : प्रहरी प्रधान कार्यालयले १ बर्ष अवधी पुगेका प्रहरी उपरीक्षक (एसपी) सरुवाको तयारी गरेको छ । जिल्ला प्रहरी प्रमुखका रूपमा १ वर्ष कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको केही दिन भित्रमा सरुवा हुन लागेको हो । बाँकेका तुलबहादुर कार्की, सुर्खेतका रुपेश खड्का, रुपन्देहीका रन्जितसिंह राठौर, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्का र झापाका मिलन केसीको एक बर्ष पुगिसकेको कारण सरुवा