समाचार

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी–१ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको प्रहरीले जनाएको हो । घटनापछि प्रहरीले खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएको बताइएको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा

मापसे गरी हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ

काठठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गएराति उनीहरुलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पछिल्लो समय गायक राई रेष्टुरेन्ट

प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा रिक्त रहेको डिएसपी पदमा १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ। बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । उक्त व्याजका ठूलो संख्यामा बढुवा हुन बांकी

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी केसीलाई २ वर्ष कैद

काठमाडौं । बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले । घुस रकमसहित नियन्त्रणमा लिइएका केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको

मुख्‍यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन् । केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो

बढ्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ ।सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने

एकै परिवारका पाँच जनाको मृत्युले गाउनै शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ जानुभएका आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो । अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएका जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार

नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा वृहत्  ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : नेपाली जनप्रगतिशील मञ्च कतारले शुक्रबार वृहत् ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित बृहत् ईफ्तार कार्यक्रम सनैयामा अवस्थित फुलवारी  रेष्टुरेन्टको सभाहलमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटाको सभापतित्व तथा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार बुद्धि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवत् उद्घाटन सहित ब्यानर अनावरण गरेर कार्यक्रमको शुभारम्भमा मौलाना गुलाम नविब ले कुराअन तिलावत वाचन

प्रहरीका ८ डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले डिएसपीबाट एसपीमा बढुवा सिफारिस सुची प्रकाशित गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)लाई प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस गरेको हो । एसपी बढुवाको १ नम्बरमा ढकेन्द्र खतिवडा र २ नम्बरमा अंगुर जिसी सिफारिस भएका छन ।

रमजानको सामाजिक तथा आध्यात्मिक पक्ष !

कतार : कुनै पनि वस्तु वा विषयले त्यतिबेलासम्म मन मस्तिष्कमा जरा गाढेर त्यसको असर प्रत्यक्ष जीवनमाथि लागू गर्दैन तबसम्म त्यसलाई बुझिँदैन र त्यसको महत्त्वलाई स्वीकार गरिँदैन। यसैगरी त्यसको अर्थ र मतलब पनि बुझिँदैन। अब रमजान भनेको के हो ? त्यसलाई पवित्र कुरानले एक शव्दमा अर्थ्याई दिएको छ। जसमा भनिएको छ ‘हे आस्थावान हो तिमीहरूमाथि रोजा व्रत अनिवार्य गरिएको छ। जसरी तिमीहरू भन्दा पहिलेका समुदाय र समूहमाथि अनिवार्य गरिएको थियोे। ताकी