रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘रुसी सेनामा भर्ना भएका