माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो । बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको