समाचार

घुस लिएको आरोपमा राजश्व कार्यालयका कर अधिकृत पक्राउ

धनुषा । धनुषा आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत घुस रकम सहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाललाई सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ताका लागि सेवाग्राहीसँग रकम लिन लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । अधिकृत ढकालले आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई रकम लिन लगाएको अख्तियारको दाबी छ । ढकालका लागि रकम लिने कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भाद्र १८ मा प्रदर्शन  हुने

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ४’ महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी  भाद्र १८ गतेवाट प्रदर्शनमा आउने निर्माता सुुुुुनिल कुमार थापाले जानकारी दिए । सुनिलले आफ्नो फेसबुक मार्फत चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै दर्शकको साथ र सहयोगको अपेक्षा गरे । लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन सकिएको चलचित्रको छायाँकन

स्याउको ‘हव’ बन्दै डोल्पाको मुड्केचुला गाउँपालिका

जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ ।

कर्णाली प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

सुर्खेत । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्र र वादी सङ्घर्ष समितिका तर्फबाट

भगवान शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा

आज शिवरात्री: पशुपति मन्दिरमा प्रहरी परिचालन

काठमाडौं । भक्तजनलाई सुरक्षा दिन नेपाल प्रहरीले आज पशुपति मन्दिर आसपासमा सात हजार प्रहरी परिचालन गरेको छ ।सुरक्षा व्यवस्थालाई चुस्त बनाउन उक्त संख्यामा प्रहरी परिचालन गरिएको हाे । यस्तै प्रहरीले शिवरात्रिको अघिल्लो दिन ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दर्शनार्थीको सुरक्षालाई ध्यान दिँदै शंकास्पद व्यक्ति पक्राउ गरिएको

चैतको दोस्रो साताबाट उपत्यकामा मेलम्चीको पानी पुग्ने

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण

महिलाहरु सक्षम र उद्यमशिल हुनुपर्छ : राज्यमन्त्री बिक

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकले  बुढानिलकण्ठ स्थित हाट बजारको एक कार्यक्रमकाविच उद्घाटन तथा अवलोकन गर्नुभयो । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR) को केन्द्रिय कार्यालय परिसरमा रहेको छहारी भवनमा स्थापित एकल महिला अभियानको अभिलेखिकरण कक्ष (डक्युमेन्टेसन केन्द्र) तथा एकल महिलाहरुद्धारा संचालित हाट बजारको उद्घाटन तथा अवलोकन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मन्त्री बिकले हरेक महिलाहरु सक्षम र उद्यमशिल

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई केन्द्रीय बैंकको डेपुटी गभर्नर नियुक्त गरेको हाे । डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् । पाँच वर्ष अघि डेपुटी

सातौ प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

नेपालगन्ज । नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने छन् । एपिएफ लिगमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले