भारतमा पहिलो पटक महिलालाई मृत्युदण्डको सजाय
काठमाडौं । भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ । दोषी महिलालाई उत्तर प्रदेशको मथुराको महिला जेलमा बनेको फाँसी घरमा उनलाई मृत्यु दण्ड दिइने छ । फाँसी कहिले दिइने भन्ने मिति तय भइनसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म फाँसी घरको मर्मत नै भएको छैन । मर्मत र झुण्ड्याउने डोरीको अर्डर समेत गर्न दिइएको बताइएको छ । १३ वर्ष पहिले अमरोहाकी शबनमले प्रेमीसँग मिलेर परिवारका सात जनालाई काटेर हत्या