समाचार

आज सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउदै

काठमाडौं, ३० माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाईदै छ । आज यो समुदायको नयाँ वर्ष हो । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर

झापामा शिक्षकको कुटाइबाट बालकको मृत्यु

काठमाडौं । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको

भाइले चलाएको गोली लागी दाइको मृत्यु

दाङ । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । गोली लागेर जिल्लाको गढवा गाउँपालिका २ का ३९ वर्षीया इन्द्रबहादुर राणा थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको गढवा गाउँपालिका २, चिमचिमे तिलतिलेका २७ वर्षीय सूर्यबहादुर राणा थापामगर र उनका दाजु ३९ वर्षीय इन्द्रबहादुरको सिकार खेल्न जंगलमा गएका बेला भाइले चलाएको गोली लागेर दाजु इन्द्रबहादुरको मृत्यु भएको हो । सिकार खेल्न जंगल गएका

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । बिहीबार दिउँसो १ बजे  प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।उनलाई झण्डै पाँच घण्टा प्रहरीले हिरासतमा राखेको थियो ।

सुरक्षाकर्मीको राशनभत्ता ३३ प्रतिशतले बढ्ने

सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशत बढ्ने भएको छ । पछिल्लो पाँच वर्ष ३३ प्रतिशत मूल्यबृद्धि भएकाले सोही अनुसार राशनभत्ता बढाउन सिफारिस भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई यससम्बन्धि प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बादलले मुल्यवृद्धि अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाईने बताएका छन् ।आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो

पछिल्लो २४ घण्टामा थप ८१ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ६६० पुगेको

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको हो ।   आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के—केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्ने बाइडेनको भनाई छ । पहिलो चरणमा अमेरिकामा

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको

बार्सिलोनामाथी सेभियाको जीत

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका