नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त
काठमाडौं । नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका