ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्काशन, न्यूनतम १० देखी अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका