समाचार

लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा ८ को पाठ्यक्रममा समावेश

काठमाडौं । लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ । कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । “लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् । मिचिएको भूभागसहितको नक्सा संसद्बाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । अहिले सोही

रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टस जीत

एजेन्सी । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ । मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो

संवैधानिक आयोगका पदाधिकारीले शितल निवासमा लिए सपथ

काठमाडौं । संवैधानिक आयोगका पदाधिकारीले सपथ लिएका छन् । गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण भएको हो । बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा उनीहरूले सपथ लिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले संवैधानिक निकायका प्रमुखहरूलाई सपथ खुवाएका थिए। मंसिर ३० गते नियुक्त भएका सबैको बुधबार

कैलालीमा सशस्त्रको दुई बिओपी स्थापना

काठमाडौं । एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् । बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरे । त्यस्तै बिओपी कालाकुण्डाको

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ४८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ९४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ८ हजार ६३५ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड ७ लाख ६६ हजार २४५ जनामा कोरोना संक्रमण भइसकेको

कोरोना माहामारीवाट पिडित व्यवसायीहरू उत्रिए संघर्षमा

काठमाडौं। सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संघर्षमा उत्रिएका छन्। मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै कोरोना महामारी पीडित विभिन्न पेशा तथा व्यवसायीहरू संगठित रुपमा संघर्षमा उत्रिएका हुन्। लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारी साधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको, प्रक्रिया पूरा गरेर पनि पर्यटकलाई अराइभल भिसा नखोलेको तथा निम्न मध्यम र मध्यम वर्गका व्यवसायीले पुर्नकर्जा र व्यवसाय निरन्तरताका लागि सहुलियत कर्जा

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ । आज देशैभरी गरिएको २,९४६ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १७१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ७१ र पुरुष १०० जना रहेका छन् । आज थपिएका १७१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २

पर्सामा ११ किलो गाँजासहित अटो चालक पक्राउ

काठमाडौं । ११ किलो गाँजासहित अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ। ना २ ह ४१०९ नम्बरको अटोका चालक पर्साको सखुवा पर्सानी गाउँपालिका-२ का ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हटौँडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट दमाई गएराती पक्राउ परेका हुन्। चालक बस्ने सिटमुनि लुकाएर राखेको ११ किलो गाँजा, ६७ हजार रुपैयाँ र २५ सय भारतीय रूपयाँसमेत बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई समेटेर अमेरिकाले प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो

म्यानमारको सेनाद्वारा सङ्कटकाल घोषणा

काठमाडौं । म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेतृ आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको