समाचार

नायब सुब्बामा आठ सय ४३ जनाका लागि विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।   आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७

कोरोनावाट विश्वमा १९ लाख वढि संक्रमितको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ ।   तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

क्वालालम्पुर । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ।   संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्।

लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा तीन जना पक्राउ

कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धानबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।   बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए

तोकिएको समयमा मल नल्याउदा दुई नेपाली कृषि कम्पनी कारवाहीमा

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल

बाजुरामा भरुवा बन्दुक सहित ४ जना पक्राउ

बाजुरा, २८ पुस । घरेलु भरुवा बन्दुक सहित ४ जना पक्राउ परेका छन् । बडिमालिका वडा न ३ रजालीका ४ जनालाई बन्दुकसहित प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जंगली जनावरको सिकार गर्नका लागि गाउँको छानामा राखेको अबस्थामा प्रहरीले फेला पारेर २ बन्दुक १ बनाउन राखीएको अबस्था राखीएको बन्दुक सहित ४ जनालाई रङ्गे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक अर्थात सुचना अधिकारी लोकेन्द्र सिहं

बाक्लो हिमपातमा परी जापानमा १३ जनाको मृत्यु

टोक्यो (एजेन्सी) जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।     यस्तै, नीगाता

टेबल टेनिसका शाह र क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।   नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस अवाडैको १७ औं सस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरेको हो ।   तीन दशक (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो ।

पौडिबाज गौरिका वनिन वर्षको उत्कृष्ट महिला खेलाडी

काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंह नेपाली खेलकुदको सर्वाधिक प्रतिष्ठित अवार्ड समारोह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।   गौरिकाले तेक्वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उपाधि जितेका हुन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य जित्दै कीर्तिमान रचेकी थिइन् ।   यस्तै उनले सागमा सर्वाधिक

कराँतेका मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मन्देकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् ।   मन्डेले सागकै दोहोरो स्वर्णधारी गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । मनोनयनमा परेका मन्देकाजी र सुवास दोहोरो स्वर्ण तथा बाँकी तीन जना सागमा एक–एक स्वर्ण जित्ने खेलाडी हुन् ।