समाचार

बाँकेको गाभर भ्यालीमा पल र गरिमा

नेपालगन्ज : पछिल्लो समयका अत्यन्तै व्यस्त मोडल तथा लोकप्रिय नायक पल शाह यतिबेला बाँकेको गाभर भ्याली तथा होमस्टेमा रहेका छन् । पलसंगै मोडल गरिमा शर्मा पनि गाभर भ्यालीमा रहेकी छिन् । उनीहरू एउटा थारु गीतको म्युजिक भिडियो छायांकनको लागि बाँकेको गाभर भ्याली आइपुगेको बताइएको छ। उसो त पलले एउटा गाभर भ्यालीमा मोडल गरिमा संग खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै आफुहरु गाभर भ्यालीमा रहेको जानकारी गराएका छन् । पल र गरिमाका अलवा

बङ्गलादेशवाट नेपालमा मल आउन समय लाग्ने

काठमाण्डौं । सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।   कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउनुहुन्छ । उहाँका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ ।   ‘हामीले पठाएको एलसी

भारतीय प्रहरीले गोली चलाउदा १६ वर्षिय नरेश घाइते

धनगढी । सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई

हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ डिसहोमले रिलिज गर्दै

काठमाडौं । डिशहोमवाट आजदेखी हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ रिलिज हुँदै छ । नेपालमै पहिलोपल्ट हलिउड तथा बलिउड चलचित्र पे–पर–भ्युमार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा सुरुआत गरेको च्यानलले आजदेखि सो हलिउड चलचित्र रिलिज गर्न लागेको हो ।   डिसहोमका दर्शकहरुले यो चलचित्र दैनिक ६ शो बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा बेलुका ७ बजे र १० बजे हेर्ने सक्नेछन् । सिनेमाघर इन्टरनेसनल च्यानलमा

सर्वोच्चद्वारा मन्त्रिपरिषद नियुक्तिबारे सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद नियुक्ति, हेरफेर वा कार्यविभाजन गर्नुको लिखित कारण सरकारसँग माग गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोमबार सरकारसँग लिखित जवाफ माग गर्दै यही पुस २८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, केशरजंग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्

वर्दियाको  बिकास र समृद्धिकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री विक

वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकास र समृद्धिकालागी आफु वर्दिया बासिको काधमा काध थाप्नलाई मन्त्री भएको बताउनुभयो । बढैयाताल उद्योग वाणिज्य संघले मैनापोखर स्थित सुनगाभा पार्टि प्यालेसमा राखेको स्वागत कार्यक्रलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले बर्दियाको विकाशका लागी आफु सदैब वर्दियावासी संगै हुने भएकोले वर्दियाकाे बिकास गर्ने कुरामा वर्दियावासीलाई ढुक्क रहन आग्रह गर्नु भयो । उहाले बर्दियाका सम्पुर्ण खेतहरुमा सिंचाई पुर्याउने

एक क्विन्टल गाँजासहित विरगंजवाट ७ जना पक्राऊ

पर्सा । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका-२१ बाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उप-महानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ का

ईदमा सलमानको राधे रिलिज गरिदिन एसोसिएसनको आग्रह

काठमाडौं । मार्चको मध्येदेखि बन्द भएका भारतका सिनेमा हलहरु अक्टोबरको मध्यदेखि पुन: खोल्न अनुमति दिइयो । यद्यपि केही राज्यहरुले भने अझै सिनेमा हल पुनः खोल्न अनुमति दिइसकेका छैनन् ।   महामारीको मारमा परेका केही सिंगल स्क्रिन थिएटरहरु त सधैंका लागि बन्द नै गर्नुपर्‍यो । हलहरु पुनः खोलिसक्दा पनि दर्शकको चहलपहल र व्यापारले गति लिन नसकिरहेको अवस्थामा भारतका केही एक्जिबिटर एसोसिएसनले सुपरस्टार सलमान खानसँग सहयोग मागेका छन् । बाह्रखरी   उनीहरुले

आज र भोलि देशैभर वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा सोमबार बिहान वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो । हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि (मंगलबार) देशैभर वर्षाको सम्भावना रहेको छ । तर, ठूलो पानी पर्ने सम्भावना छैन । हल्का वर्षा हुनेछ । बुधबारदेखि मौसम क्रमशः खुल्ने महाशाखाले जानकारी दिएको छ ।   ‘‘आज र भोलि मौसम बदली

हुम्लामा हिमपात वढ्यो, जनजीवन कष्टकर हुदै

हुम्ला । हुम्लामा आइतबार अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो