समाचार

सेमिफाइनलमा पुग्न सुदुरपश्चिम र वाग्मती प्रदेश भिड्दै

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्‌वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदै छन् । दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ । समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई

प्रचण्ड-नेपाल समूहलाई ओलिको आग्रह:  निर्वाचनमा भाग लिनुस केही सिट जित्नुस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गरेका छन् ।   केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले भने, “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।” बाह्रखरी

बागमती प्रदेशका मुख्यमन्त्री संसदीय दलको नेताबाट बर्खास्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संसदीय दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई संसदीय दलको नेताबाट हटाएर नेकपाका बहुमत सदस्यले अष्टलक्ष्मी शाक्यलाई चयन गरेका छन् ।   मुख्यमन्त्री पौडलेविरुद्ध यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । नेकपा विभाजनपछि मुख्यमन्त्री पौडेल संकटमा परेका हुन् । बागमती प्रदेशमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले ओली निकट पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । दृष्टिन्युज

कोरोना संक्रमणवाट बाँकेमा ३ जनाको मृत्यु

नेपालगंज । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका  संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेको कोहलपुर नगरपालिका-२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका

सुर्खेतमा लागुऔषध सहित  दुई जना पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८, सुर्खेत, इत्रामखोलानजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।   मंगलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।   ‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको

प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेल आन्दोलन रोकिँदैन : प्रचण्ड

कठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले मंगलबार शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधकम सडकमा उत्रिएका नेकपा प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन गरेको छ । उनले सदनभित्र गएर विकल्प खोज्दा देखिएन भने मात्र प्रतिनिधिसभा विघटन हुन सक्छ भन्ने व्यवस्था संविधानमा राखिएको भन्दै भने, ‘तर अहिले संविधानको मर्म र भावनामाथि निर्मम ढङ्गले प्रहार गरिएको छ, यो सदन, सार्वभौम सांसद र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानमाथिको प्रहार हो ।’ संविधानले दिँदै नदिएको

विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नाघ्यो

काठमाडौँ– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका छन् ।   विश्वमा संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।   अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार

श्रीमतीको हत्या अभियोगमा फरार रहेका जीवन पक्राउ

काभ्रे । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।   काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सीता नेपालीको शव पुस ९ गते फेला परेको थियो।   जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्थे। उनीहरूबीच आर्थिक कारोबार सम्बन्धमा विवाद हुने गरेको थियो। गत मंसिर २३ गते पनौतीबाट बेथानचोक

अक्षय सहित बलिउडका ६ चलचित्रकर्मी विश्वको प्रभावशाली व्यावसायीक लिडरको सुचीमा

मुम्बई । भेराइटी प्रकाशनले विश्वव्यापी मिडिया उद्योगलाई आकार दिइरहेका विश्वका ५०० सबैभन्दा प्रभावशाली व्यावसायी लिडरहरहरुको सूची सार्वजनिक गरेको छ । भेराइटीको यस सूचीभित्र भारतबाट अक्षय कुमार, आमिर खान, एकता कपुर, रोनी स्क्रुवाला, सिद्धार्थ रोय कपुर र वितरक किशोर लुल्ला पर्न सफल भएका छन् ।   अक्षय नाम सार्वजनिक गर्दै भेराइटीले यसो लेखेको छ, “४८.५ मिलियन डलर कमाईका साथ उनी २०२० मा सबैभन्दा बढि पारिश्रमिक पाएका अभिनेताको छैठौंमा पर्न सफल भए

ओलीले संसद विघटन गरेर कलंकको टिका लगाए: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कलंकको टिका लगाइसकेको बताएका हुन्। ‘सदन भंग भएको छैन। केपी ओलीको सरकारमात्रै भंग भएको हो। उनले यस्तो कदम चालेर कलंकको टिका लगाएका छन्। त्यो टिका कहिल्यै मेटिनेछैन‚’ उनले भने‚ ‘जबसम्म केपी ओलीले पश्चाताप गर्दैनन्। उनले लोकतन्त्रमाथि घात