समाचार

राष्ट्रपतिद्वारा संसद विघटन,  वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्दै २०७८ वैशाख १७ र २७ गते  प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिएको छ।

प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।   संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।   यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।    

प्रहरी चौकी स्थापना गर्न स्थानीय मानबहादुरले दिए एक रोपनी जग्गा

काठमाण्नुडौं । नुवाकोटकाे तारकेश्वर गाउँपालिका–१ छापाडाडाँस्थित प्रहरी चौकी दाङसिङका लागि नयाँ भवन बनाउन स्थानीयवासी मानबहादुर तामाङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन।   राज्य पुनःसंरचनापश्चात गाउँपालिका केन्द्रको सुरक्षा जिम्मेवारी बहन गर्न तथा धादिङसँग जोडिएको सीमा क्षेत्र हुँदै हुनसक्ने आपराधिक गतिविधि रोक्न स्थापना गरिएको चौकीको नयाँ भवन बनाउन उनले जग्गा दिएका हुन ।   उनले प्रहरी चौकीका जग्गा जिल्ला मालपोत कार्यालय नुवाकोटमा शुक्रबार स्वामित्व हस्तान्तरण गरे । जग्गाधनी प्रमाणपत्र लालपुर्जा

प्रधानमन्त्री ओलीद्वारा संसद‌ विघठनको सिफारिस

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् । दृष्टिन्युज

सर्वोच्च बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।उनी २९५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे     वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए

नेपालमा कोरोमा संक्रमित हुनेको संख्या २ लाख ५३ हजार नाघ्यो

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको

तरकारी र चिया बेच्ने युवायुवतीको प्रेमकथामा "गुड्डु लभ यू" (भिडियो)

काठमाडौं : पछिल्लो समय दिनहुँजसो दर्जन बढी म्युजिक भिडियोहरु रिलिज भइरहेका हुन्छन् । केही गुणस्तरीय म्युजिक भिडियोलाई दर्शकले राम्रो साथ दिन्छन् भने केही म्युजिक भिडियो दर्शकको नजरमा राम्रोसंग पर्न नपाउँदै सेलाउँछन। यसैबीच, पृथक शैलीमा आधारित एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। बुधबार रिलिज “गुड्डु लभ यू” बोलको म्युजिक भिडियोमा समावेश गीतमा लोकप्रिय मेलोडियस गायक प्रताप दास र गायिका रचना रिमालले सुमधुर आवाज दिएका छन् । गीतमा अब्बल सम्पादक प्रविन भट्टको

खुमलटारपछी ओली गृहमन्त्री क्वाटरमा

काठमाण्डाै । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उनकै क्वार्टरमा पुगेका छन् ।   पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारबाट छलफल गरेर निस्केका ओली गृहमन्त्री बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका हुन् ।   भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई भेट्न ओली खुमलटार पुगे

काठमाडौं । केहीदिनयता आफ्नै घमन्डी कार्यशैलीले संकटमा परेका नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो भएका छन् । केहिदिन अघीसम्म पार्टीको बैठकमा समेत अनुपस्थिति हुने उनी हाल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार धाउन तयार भएका छन् ।   शनिबार दिउँसो ओली खुमलटार गएका  छन । ओली र प्रचण्डबीच शुक्रबार साँझ पनि भेट भएको थियो । शनिबार बोलाउँदा प्रचण्ड नआउने बताएपछि ओली आफैं जान लागेको स्रोत बताउँछ । खुमलटार गएर

कोरोना सङ्क्रमणको संख्या घट्दै निको हुने संख्यामा वृद्धि

काठमाण्डाै । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारमाथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशः वृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उनी हरुकोड