समाचार

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । मन्त्री

अनमोल र सुहानाको 'ए मेरो हजुर ३' युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म

काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक गरिएको छ । अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । डेढ बर्ष अघि हलमा रिलिज भएको यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा अनमोल एक गायकको भूमिकामा देखिएका छन् । हलमा पनि यस फिल्मलाई निकै रुचाइएको थियो ।

कक्षा १२ को परीक्षा अब अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन् । मन्त्री पोखरेलले

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो’- प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आज (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनको भनाइ छ । प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट राजीनामाको दबाब आएको, नेकपा फुट्न लागेको लगायतका कुराहरु बाहिर आइरहेका बेला प्रम ओलीले यी कुरामा सत्यता नभएकाे दाबी गरे । के अहिले मैले

बलिउड अभिनेता फराज खानको निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता फराज खानको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका फराजको बैंगलुरुको एक अस्पतालमा उपचार भइरहेको थियो । ४६ बर्षिय फराज खानको निधन भएको बारे पूजा भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो केहि दिनदेखी उनलाई न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा राखिएको थियो। आर्थिक अवस्था कमजो भएका फराजलाई उपचारको लागी सलमान खानले सहयोग गरेका थिए । उनको निधनले बलिउड अहिले शोकमा डुबेको

चलचित्र 'कृष्णलीला' मा दीपिकाको स्थानमा आइन् श्रद्धा

काठमाडौं – ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। उनी अभिनेत्री दीपिका प्रसाईंको स्थानमा आएकी हुन् । पहिले यस चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय रहने बताइएको थियो । तर प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट हात झिकेपछि उनको स्थानमा श्रद्धालाई अनुबन्ध गरिएको हो । दीपिका केही समयदेखि थाइराइड र माइग्रेनको समस्याले पीडित रहेको बताइएको छ । अब

अस्ट्रियाको भिएनामा ‘आतङ्कवादी’ हमला

बीबीसी।  अस्ट्रियाको राजधानी भिएनास्थित प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा दुईजना मारिएको पुष्टि भएको छ र अन्य १४ जना घाइते भएका छन्। एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ। राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ। प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको अनलाइनमा पोस्ट गरिएको भिडिओमा देखिन्छ। घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा “घृणित आतङ्कवादी हमला” भनेका छन्। सुरक्षा जाँच एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ

बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।  सोमबार स्थिर रहेको सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले  बढेको हो । सोमबार प्रतितोला ९५  हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य

चलचित्र 'छक्का पन्जा' समुहबाट जितु नेपाल बाहिरिए

काठमाडौं : हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उक्त भेटघाटमा जितु भने उपस्थित थिएनन् । सोही भेटघाटसँगै ‘छक्का पन्जा’ टिमले अनौपचारिकरुपमा ‘छ माया छपक्कै २ ‘ निर्माण गर्ने घोषणा गरिसकेको छ । तर कलाकारहरु को को हुन्छन् या हुँदैनन् भन्ने बिषयमा केहि खुलाएका छैन । छक्का पन्जा टिमसँग अलग भएको

कोरोना संक्रमणका कारण कांग्रेस महासमिति सदस्यको निधन

काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमित ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । बारा आदर्शकोटवाल गाउँपालिका टेढाकटी घर भएका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षण गरिएकोमा शनिवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको निधन प्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।