समाचार

गैंडाले लियो मुखियाको ज्यान

चितवन – पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा देवचुली नगरपालिका १७ कुलेनीका ६५ वर्षीय जंगिलाल मुखिया रहेका छन् । उनलाई आइतबार विहान चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुले उद्दार गरेका थिए । घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तोक्यो कोरोनाको उपचार खर्च

काठमाडौँ । सरकारले कोभिड-१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड-१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताउनुभयो । “पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएको छ । शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो । केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहिबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहिबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो

जुवाखालमा प्रहरीको छापा २९ लाख सहित १० जुवाडे पक्राउ

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेकोेछ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी,

पिसावमा किन देखिन्छ बियरको जस्तो फिँज ? यस्ता छन् पाँच कारण

काठमाडौँ। मानिसको स्वास्थ ठिक वा बेठिक भएको पत्ता लगाउने थुप्रै माध्यमहरु हुन्छन्। मानिस आफ्नो स्वास्थमा खराबी आए नआएको स्वयं आफैंले पूर्वानुमान लगाउन सक्छ। मानिसको पिसावको रंग र पिसावमा आउने फिँज वा फोमले पनि उसको स्वास्थ कस्तो छ भन्ने निर्धारण गर्न सक्छ। यदि, पिसाबमा फोम वा फिँज देखापर्छ भने यो चिन्ताजनक विषय हुन सक्छ। सामान्यतया पिसावको रंग हल्का पहेंलो हुने गर्दछ। तर, यदि कसैले कुनै प्रकारको औषधिको प्रयोग गरिरहेको छ भने

चितवनमा कोरोना संक्रमणबाट रौतहटकी महिलाको मृत्यु

रौतहट – कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मिर्गाैला रोगी महिलालाई उपचारका लागि यही कात्तिक

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड वढी, एकैदिन ५ लाखभन्दा बढिमा कोरोना पुष्टि

काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर

वडा दशैँको चौथो दिन आजपनी मान्यजनवाट टिका, जमरा र आशीर्वाद ग्रहण गर्दै

काठमाडौँ । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ ।

तस्कर र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र एक बालक घाइते

काठमाडौं । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट प्याज तस्करी गरेर ल्याउँदै गरेका तस्कर र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा तीन प्रहरी र एक बालकसहित चारजना घाइते भएका छन् ।   गोली लागेर स्थानीय १४ वर्षीय रञ्‍जन यादव सख्त घाइते भएका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा १२ राउन्ड फायर गरेको हो । सो क्षेत्रबाट स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज