समाचार
पुर्व गृह मन्त्री शर्मालाई कोरोना पुष्टि
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् कारोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका हुन्। शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।
कोरोना निको हुनेको संख्या बाँकेमा २३ सय नाघ्यो
बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ सय नाघेको छ । आज थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् ।
गोरखाबाट पठाइयो हनुमानढोका लागि फूलपातीसहितको डोली
काठमाडौं। गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन पाँच दिन बन्द
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशँैका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताउनुभयो । उहाँले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताउनुभयो ।
ममताको फेरि अर्को गीत ‘तल्ला गाउँले कान्छी मैया’ बजारमा (भिडियो)
काठमाडौं : पछिल्लो समयकी लोकप्रिय गायिका ममता गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीतमा ममताको मेलोडियस आवाज सुन्न सकिन्छ। ममताका अलवा गीतमा नन्दु गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका हुन् । गीतका प्रत्येक शब्दहरु प्रेमिल छन् । चोखो मायाप्रेममा रहेको जोडीको कथालाई गीतमा उतारिएको छ। लोक प्याटर्नमा आधारित
पर्यटकको रोजाइमा पर्दै बर्दियाको ‘सत्खलुवा’ ताल’ (फोटो कथा)
राम सापकोटा : पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना बोकेको जिल्लाहरु मध्ये एक हो बर्दिया। प्रायजसो निकुञ्ज हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने बर्दियामा आजभोलि भने ‘सत्खलुवा ताल’ पनि हेर्न जाने पर्यटकहरूको संख्या बढ्न थालेको छ। वरिपरि मानव बस्ती, घना जंगल अनि बिचमा रहेको ‘सत्खलुवा ताल’ साँच्चिकै मनोरम सुन्दरताले भरिपूर्ण छ। कुनैबेला माछा पालन र सिंचाइका लागि उपयोग हुँदै आएको यो ताललाई हाल भने सिमसार क्षेत्रको रुपमा संरक्षण गरिँदै आएको
नायिका स्वेता खड्काको ‘एकतर्फी माया’ रिलिज (भिडियो)
अभिनेत्री श्वेता खड्काको ‘काया फिल्मस’ले निर्माण गरेको भिडियो गीत ‘एक तर्फी माया’सार्वजनिक भएको छ । उक्त गीतमा गायिका सारना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको छ । वरिष्ठ हाँस्य सम्राट कलाकार मदनकृष्ण श्रेष्ठले कोरेका शब्दलाई, सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले आफ्नो मिठो आवाजले साथ् दिएकि छिन । ‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड भएका छन् । हरेक व्यक्तिको
प्युठानमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, तीन जना घाइते
प्युठान । प्युठानमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर दुई गोलबाङ्गमा ना ४ ख ५५६१ नम्बरको बस दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालक तथा सवारी धनी घोराही उपमहानगरपालिकाका वर्ष ४० का तारा रानाको ज्यान गएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा दाङका वर्ष ३० का वसन्त विक,
दसैंमा ५ दिन बैंकका सबै शाखा बन्द रहने
काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही