समाचार

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाडौं १५, असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको हो । उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना

आजको मौसम : केही स्थानमा सामान्य बदली, कहीँ वर्षा

काठमाडौं १५, असोज । बिहीबार देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने माहाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने संभावना

उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या

काठमाडौं १५, असोज । भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् । हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी

असोज ११ गतेबाट तातोपानी नाका खुल्ने

काठमाडौं – सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ । मंगलबार  नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले असोज १९ गतेदेखि नाका खुला गर्ने निर्णय गरेको हो । बैठकमा लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय भएको जनाइएको छ । उक्त बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारी सहभागी रहेका थिए ।

रुसले २ करोड ५० लाख कोरोनाविरुद्धको खोप नेपाललाई दिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण विश्वका धेरै मानिसहरुले ज्यान पनि गुमाइरहेका छन् । यस्तो अवस्थामा रुसमा बनेको कोरोना खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै नेपालको लागी एक खुशीको खबर आएको छ । रुसले २ करोड ५० लाख कोरोना विरुद्धको खोप नेपाललाई दिने भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि

जुना श्रीस र रोशन कुतालको आवाजमा 'रामकसम' रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय सर्जक केशव पौडेल र कृष्ण खरेलको संयुक्त प्रस्तुतिमा नयाँ गीत रिलिज भएको छ। शनिबार रिलिज भएको “रामकसम” बोलको गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीस मगरको सुमधु आवाज रहेको छ। गीतमा सर्जक केशव पौडेलका उत्कृष्ट शब्दहरु रहेका छन् । चोखो माया गर्ने प्रेमिल जोडिको कथालाई सर्जक पौडेलले गीत मार्फत उतारेका छन् । गीतमा रोशन कुतालकै दमदार संगीत रहेको छ। डान्सिङ बिटमा आधारित गीतको अडियो एकदम उत्कृष्ट छ।

ऐतिहासिक फिल्म निर्देशकको मृत्यु

दमक । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दै आएका थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको

नागरिक अगुवाहरुको सामूहिक आह्वान– डा. केसीको जीवनरक्षा गर

काठमाडौँ  । नागरिक अगुवाहरुले सामूहिक आह्वान गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । विभिन्न ६ बुँदे माग राखेर दुई सातादेखि अनशनमा रहेका डा. केसीको जीवनरक्षा गर्न उनीहरुले सरकारलाई सामूहिक आह्वान गरेका हुन् । आइतबार संयुक्त अपील जारी गर्दै विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै जीवनरक्षा गर्न माग गरेका हुन् । उनीहरुले कुनै पनि बेला डा. केसीको स्वास्थ्य अवस्था गम्भीर

नवलपरासीमा पहिरोले पुरिएर एकको मृत्यु ६ जना घाइते

कावासोती।                                                            नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१०

एसिड आक्रमणसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । पछिल्लो समय एसिड आक्रमणको घटना बढीरहेको समयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सरकारले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी कानुन ल्याउने निर्णय गरेको हो । सोका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई मन्त्रिपरिषद्ले निर्देशन गरेको बताइएको छ ।