समाचार

अब हप्ता दुई दिन सार्वजनिक बिदा दिने तयारी, मन्त्रिपरिषद्‌मा प्रस्ताव लगिँदै

काठमाडौं । सरकारले अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने तयारी गरिएको हो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने तयारी गरेको छ । बिहीबार मन्त्रालयमा पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा

अस्ट्रेलियाको टापुमा अलपत्र परेका कम्तीमा ३८० वटा ह्वेलको मृत्यु

बीबीसी।  अस्ट्रेलियाको तास्मानिया द्वीपमा अलपत्र परेका करिब ३८० वटा ह्वेलको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक सङ्ख्या हुनसक्ने जनाइएको छ। सोमवारदेखि उक्त द्वीपको पश्चिमी तटमा सयौँको सङ्ख्यामा पाइलट ह्वेल कम पानी भएको स्थाननजिक अड्किएका छन्। बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन्। तास्मानियाका अधिकारीहरूले “प्राणी जीवित रहेसम्म” उद्धार कार्य जारी रहने बताएका छन्। “पानीमा

लगातारको झरीले यी क्षेत्रमा बढ्यो बाढी तथा पहिरोको जोखिम

काठमाडौं ८, असोज । लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ नदीमा बाढी आएकाले नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने महाशाखाले जनाएको छ । दिउँसोसम्म सो क्षेत्रका होचो स्थानका बासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने

रोहित चम्कदा मुम्बईको पहिलो जित

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक

देशभर झरी, विभिन्न स्थानमा भारी वर्षाः दिनभर कता कस्तो हुनेछ अवस्था?

काठमाडौं ८, असोज । देशका अधिकांश स्थानमा पूर्णतया बदली भइ झरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रातभरि पानी परेकोमा अहिले पनि देशका अधिकांश स्थानमा वर्षा जारी छ । भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

विमानस्थलबाटै डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा, शिक्षण अस्पतालमा जान दिइएन

काठमाडौं ।  १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टरमा लगेको छ । जुम्लामा ८ दिनसम्म अनशन बसेर काठमाडौँ आउन भन्दै उनी सोमबार नेपालगञ्ज आइपुगेका थिए । नेपालगञ्जबाट मंगलबार दिउँसो काठमाडौं ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेन्टर लगेको हो । १९औं सत्याग्रहको मंगलबार उनको अनशनको नवौँ दिन पुगेको छ । जुम्लामा अप्रिय घटना नहोस् भन्दै काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु

काठमाडौं ५, असोज । नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

आज ११५४ जना कोरोना स‌ंक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज

काठमाडौं ५, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना स‌ंक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना स‌ंक्रमित

डा. गोविन्द केसी नेपालगन्जमा, आज भेरीमा बस्ने

नेपालगन्ज ५, असोज । जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ । जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको जुम्लाका सिडिओ भुपेन्द्र थापाले स्वास्थ्य पेजलाई जानकारी दिनभयोे । जुम्लाबाट डा केसी समिट विमानबाट नेपालगन्ज पुग्नुभएको हो

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो

काठमाडौँ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध षडयन्त्र गर्न विषाक्त रसायनिकयुक्त खाम पठाइएको छ। अमेरिकी अनुसन्धान एजेन्सीकाअनुसार केहि दिन यता ह्वाइट हाउस र केही विभागहरुमा रिसिन भनिने खतरनाक विषाक्त रसायन भएको खाम पाठाइएको छ। यस षड्यन्त्रलाई पुरा गर्न स्थानीय हुलाक प्रणाली प्रयोग भएको ह्वाइट हाउस एक अधिकारीले बताए। न्युयोर्क टाइम्सका अनुसार अनुसन्धान एजेन्सीले उक्त खामहरु क्यानाडाबाट आएको हुनुपर्ने अनुमान गरेका छन्। यसैबीच, यस घटनाको अनुसन्धान गर्दै जाँदा