महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन र विशेष महाधिवेशनबारे आफूले भन्दै नभनेको विषयमा समाचार आएको भन्दै आपत्ति जनाएका छन् । पुरानै महाधिवेशन प्रतिनिधिलाई कायम गरेर भए पनि आगामी फागुनमै १४औं महाधिवेशन गर्नुपर्छ भनी आइतबार पौडेलले बोलेको समाचार आएको थियो । तर, सोमबार उनले सामाजिक सञ्जालमार्फत महाधिवेशन र विशेष महाधिवेशनबारे प्रस्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको