समाचार

माइतीघरमा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

पाल्पा । तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । ढुंगाले लागेर उनकी तीन वर्षीया छोरी करिस्मा चौहान घाइते भएकी छन्। गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । तीज मनाउन श्रीडाँडास्थित माइतीघर आएकी उनी निषेधाज्ञाका कारण घर

आजबाट सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य

कोरोना प्रभावित नागरिकलाई पैसा बाड्दै दक्षिण कोरिया

काठमाडौं  । दक्षिण कोरियाले कोरोना महामारीमा प्रभावित आफ्ना नागरिकलाई पैसा बाँड्ने भएको छ। कोरोना महामारी सुरु भएयता दक्षिण कोरियाको सरकारले दोस्रो पटक पैसा बाँड्न लागेको हो। एक टेलिभिजन अन्तरवार्तामा बोल्दै अर्थ मन्त्री हङ्ग नेम कीले आवश्यक परेका नागरिकलाई पैसा वितरण गरिने जानकारी दिएका बीबीसीले जनाएको छ। कोरोनाका कारण लागू गरिएको नियमले अर्थव्यवस्थामा क्षति पुगिरहेको भन्दै पैसा बाँड्न आवश्यक भएको उनको भनाइ छ। सरकारले यसअघि गत मे महिनामा सबै परिवारलाई नगद

नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

बुटवल १७, भदौ। भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टि गरे । ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा

बाराका कोरोना संक्रमितको वीरगञ्जमा ज्यान गयो

वीरगञ्ज १७, भदौ। वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो । उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । ‘मुटु रोग, दम र उच्च रक्तचापको समस्या पहिलेदेखि नै रहेछ । उमेर

देशभर १०६९ जना संक्रमित थपिए

काठमाडौं १६, भदौ । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र

पाँच महिनापछि नियमित उडान, विमानस्थलमा यात्रुको व्यवस्थापन सेनाबाटै

काठमाडौं १६, भदौ । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका नेपाली र नेपालमा अड्किएका विदेशीहरु ओसार्न चार्टर्ड उडानहरु भए पनि नियमित व्यवसायिक उडान

राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए । “चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु

भारतले निहु खाेजे ठुलो क्षति गरिदिने चीनको धम्की 

काठमाण्डाैं । भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो । आज चिनियाँ विदेश मामलाको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको हो । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी

नेपाली कांग्रेस १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारीमा

काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो । ‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने