समाचार

निषेधाज्ञामा अनलाइन डेलिभरी गर्ने ६५ जना समातिए

काठमाडौं १२ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञामा अनलाइन सामान डेलिभरी गर्ने ६५ जना पक्राउ परेका छन्। निषेधाज्ञामा सामान लिएर बाहिर हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई सामान्य नसिहत दिएर छाड्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। निषेधाज्ञाका क्रममा अनलाइन सामान डेलिभरी अत्यावश्यक सेवाअन्तर्गत नपरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं १२ भदौ । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश,

कोरोनाबाट नेपालगन्जमा थप एकजनाको मृत्यु

नेपालगन्ज ११, भदौ । नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्युभएको छ । नेपालगन्ज उमहानगरपालिका–७ की ७० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । छातिको समस्या भएपछि ती महिला भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन नमुना संकलनगरी भेरी अस्पताल पठाइएको थियो । त्यसको दुई दिनपछि

तस्विरः फाइल

काठमाडौं ११, भदौ । पछिल्लो पटक वीरगञ्ज, पोखरा, ललितपुर र बुटवलमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमा तीन, पोखरा, ललितपुर र बुटवलमा एक-एकजना गरी ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ । -पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा

तस्विरः फाइल

मृतक काठमाडौं महानगरपालिका–२१ ओमबहाल घर भएका ६७ वर्षीय वृद्ध थिए भने छतमा रोइरहेका पुरुष उनका छोरा रहेछन् । भन्छन्, ‘अस्पताल परिसरमै भएर पनि म बुबाको नजिक जान पाइन ।’

कोरोना अपडेटः आज ८८५ थपिए, मृत्यु थप ११, डिस्चार्ज ३८५

काठमाडौं १०, भदौ । नेपालमा बुधवार कोरोना भाइरसका ८८५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५०४ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख १८ हजार ३४३ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख १० हजार ४९२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

सल्यानमा आफ्नै बाबु द्वारा ८ बर्षकी बालिका बलात्कृत

सल्यान आठ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा आफ्नै बाबु बुरुद्द जाहेरी परेको छ । जिल्लाको शारदा नगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय सल्यानमा बावु बिरुद्द मुद्दा दर्ता गरेपछि घटना बाहिरीएकाे हाे । उजुरी दर्ता लगत्तै प्रहरी घटनामा संलग्न बाबुकाे खाेजि गरिरहेकाे बताएपनी पिडक बाबू भने फरार रहेका छन । लामाे समय देखि धम्काएर उनलेे पटकपटक छाेरीमाथी जबरजस्ती करणी गर्दै आएको

रुकुम पश्चिममा प्रहरीले गाेली चलायाे, लागु ओैषध व्यापारी घाइते

रुकुम पश्चिम रुकुम पश्चिममा मंगलबार बेलुका लागुओैषध व्यापारीलाई पक्राउ गर्न खाेज्दा भागेपछि प्रहरीले गाेली चलाएर पक्राउ गरेको छ । प्रहरी निरिक्षक दिनेश गुरुङ नेतृत्वको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वकाे प्रहरी टाेलीले रुकुम पश्चिम प्रहरीको समन्वयमा अबैध लागुओैषध काराेबारीलाई पिछा गर्दै रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका ४ ठारडुङगा पुगेको थियो । प्रहरी पिछा गरेको थाहा पाइ प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गाेलि चलाएको बताएको छ । घटनामा मुसिकाेट नगरपालिका ११ का

तस्विरः फाइल

नेपालगन्ज १०, भदौ । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उमपहानगरपालिका– १ का ३७ बर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयोे । छातीको समस्या भएपछि उनी सोमवार विहान १० बजे अस्पताल भर्ना भएका थिए । उनको सोमवार नै पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । मंगलवार दिउँसो तीन बजे रिपोर्ट