समाचार

बाढी पीडितलाई पल शाहले गरे सहयोग

नायक पल शाह समाजसेवामा निकै सकृय भएर लागेका छन् । कोरोना कहरले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको सहयोग गरेका पलले फेरि बाढी पिडितलाई सहयोग गरेका छन् । केही हप्ता लकडाउन खुकुलो हुदा म्युजिक भिडियोमा व्यस्त भएका पलले फेरि लकडाउन भएपछी कालिकोटको बाढी पिडितलाई सहयोग गरेका छन् । उनले कालिकोट पुगेर बाढी पहिरोबाट प्रभावित ४० घर परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेका हुन् ।       ‘हाम्रो टिम नेपाल’

बाँकेमा २९ प्रहरीसहित ४६ जना डिस्चार्ज

नेपालगन्ज ७, भदौ । बाँकेमा आज आइतवार थप ४६ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ६ सय १४ पुगेको छ । आज प्रहरीको ठूलो संख्या कोरोनाबाट मुक्त भएको छ । वडा प्रहरी कार्यालयका २९ जना डिस्चार्ज भएका छन् । एकैपटक एउटै कार्यालयका प्रहरी कर्मचारी भाइरस संक्रमित भएपछि वडा प्रहरी सील गरिएको थियो । त्यही वडा कार्यालयलाई आइसोलेसन बनाएर उनीहरु बसिरहेका

आज ऋषि पञ्चमी, नदी किनारमा स्नान गर्न प्रतिबन्ध

काठमाडौं ६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन

पश्चिम तराईका थारु समुदायले अटवारी मनाउँदै

नेपालगन्ज ६ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी-डगौरा समुदायमा आज देखि ‘अटवारी’ पर्व शुरु भएको छ। आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी- डगौरा समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ। यो समुदायमा आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ

को बन्लान् 'नेपाल आइडल सिजन ३'को विजेता ? फाइनल भदौ १२ गते हुँदै

काठमाडौं : साङ्गीतिक रियालिटी शो ‘नेपाल आइडल’ को सिजन ३ को फाइनल नजिकै आएको छ । कोरोना महामारीले गर्दा रोकिएको नेपाल आइडलको तेस्रो सिजनको लागी उत्कृष्ट ३ प्रतिस्पर्धी छानिएका छन् । झन्डै ८ महिना अघि सुरु भएको नेपाल आइडल सिजन ३ ले गत चैत्र महिनामा नै आफ्नो नयाँ आइडल पाइसक्नु पर्ने हो तर जारी गरिएको लकडाउन र कोरोना महामारीको कारण कार्यक्रम नै स्थगित भएको थियो । लकडाउन केही खुकुलो भएसँगै

बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

नेपालगन्ज ६, भदौ । कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगिकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए । उनी कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर

नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलमा छलफल

काठमाडौं ६, भदौ । पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल-भारत संयुक्त कार्यदलको पछिल्लो बैठकमा नयाँ पाइप लाइन बिछ्याउने विषयमा छलफल भएको छ। गत अगष्ट १३ मा भएको भर्चुअल बैठकमा मोतिहारी(अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट भइरहेका काम कारबाहीप्रति दुवै देशका प्रतिनिधिले सन्तुष्ट व्यक्त गरेका थिए। नेपाललाई आवश्यक अधिकांश पेट्रोल यही पाइपलाइनबाट नेपाललाई उपलब्ध भइरहेको छ। यसबाहेक अन्य कुन(कुन ठाउँमा पेट्रोलियन पाइपलाइन निर्माण गर्न सकिन्छ भन्ने विषयले पनि बैठकमा प्रवेश पाएको भारतद्धारा जारी विज्ञप्तीमा

कांग्रेसको प्रधानमन्त्रीलाई प्रश्न खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् ?

काठमाडौं ६, भदौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट चार्टर उडानबाट ल्याइनेछ । वैदेशिक रोजगोर कोषको रकमबाट उद्दार गर्नेहरुलाई भने स्थानीय तहहरुले बनाएको

कोरोना अपडेटः आज ६३४ थपिए, मृत्यु ९, डिस्चार्ज १३६

काठमाडौं ६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ५ सय

बाँकेमा आज २८ जना डिस्चार्ज, प्रदेश सांसद नमूनाले पनि जितिन् कोरोना

नेपालगन्ज ०४, भदौ । बाँकेमा विहीबा थप २८ जनाले कोरोना भाइरस संक्रमण जितेर आइसोलेसलबाट डिस्चार्ज भएका छन् । १२ महिलासहित २८ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फाकेलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विहीबार डिस्चार्ज हुनेमा प्रदेश सांसददेखि कर्मचारीसम्म छन् । प्रदेश पाँचका सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं.१३ र १८ का वडा सचिवसहित २८ जना डिस्चार्ज हुन लाग्नुभएको छ । उहाँहरु