समाचार

बाँकेमा आज तीनजना डिस्चार्ज

नेपालगन्ज २६, साउन । बाँकेमा सोमवार थप तीन जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ८ का दुई जना र एकजना प्युठान मल्लरानी ३ का हुन् । योसँगै बाँकेमा चार सय पाँचजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेमा तीनजनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १५ दिन यतामात्र बाँकेमा

पाकिस्तानबाट भारत आएका एकै परिवारका ११ जनाको शव फेला

काठमाडौं २६, साउन । भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख

काठमाडौं उपत्यकामा थप ९० जनामा कोरोना संक्रमण

काठमाडौं पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वढिरहेको छ । नेपालका विभिन्न जिल्ला संगै काठमाडौं उपत्यकामा पनी संक्रमितको संख्या दिनप्रतिदिन  वढिरहेको छ । उपत्यकामा आइतबार मात्र थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना पुष्टि

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । २३ गते शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे थियो । स्वाब संकलन गरिएकामध्ये ४ जनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएकाे मन्त्रालयका एक अधिकारीले बताएका छन । हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको समेत कन्ट्याक्ट् ट्रेसिङ आजबाट नै सुरु भएकाे मन्त्रालय स्रोतले बताएको छ ।

बर्दियामा निषेधाज्ञा, नेपालगन्ज सील

नेपालगन्ज २५, साउन ।समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले बर्दियामा आज आइतवार विहान ६ बजेदेखि लागु हुने गरी पाँच दिने निषेधाज्ञा लागु गरेको छ । बर्दियामा संक्रमितको संख्या दैनिकरुपमा थपिदै गएपछि कोरोना संकट व्यवस्थापन समितिको आकास्मिक बैठकले निषेधाज्ञा लगाएर भाइरस संक्रमण फैलिन नदिने निष्कर्णमा पुगेको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । निषेधाज्ञा लागु गरिएसँगै आइतवार विहानदेखि बर्दियाको मुख्य बजार गुलरिया, राजापुर, बासगढी, मैनापोखर

टंकको गीतमा सरोज र आश्माको नृत्य

काठमान्डाैं । नोवेल कोरोना भाइरसमा कारण अन्य व्यावसायिक क्षेत्रसंगै नेपाली सांगेतिक क्षेत्रमा समेत ठुलो धक्का परिरहेको अवस्थामा पनी पछिल्लो समय एकपछी अर्को गर्दै म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन ।  लोकप्रिय गीतहरु सार्वजनिक भैरहेको समयमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक टंक बुढाथोकीले ‘तोरी तेल’ को सफलतापछी नयां गीत ‘तोरी तेल २ मम्मी’ बजारमा ल्याएका छन । गीत संगै सार्वजनिक भएको भिडियोलाई निर्देशक गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा चर्चित

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ । कोरोनाले भाइरसले सबैभन्दा बढी ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

खजुरामा निषेधाज्ञा तोड्ने ५० सवारी कारवाहीमा

उज्वल गिरी-बाँके २४, साउन । बाँकेमा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्राशसनले कार्यालयले जारी गरेको निषेधाज्ञालाई थप कडाइ गरेको छ । पछिल्लो समय बाँकेका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले कडाइ गरेको हो । बाँकेको खजुरामा निषेधाज्ञा तोड्ने ५० बढी सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । धनौली इप्रकाबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा तोडेर सवारीसाधन

केरलामा विमान दुई टुक्राः दुई पाइलटसहित १७ जनाको मृत्यु

दिल्ली २३ साउन । भारत केरलाको कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ । चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् । दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको

आजदेखि नेपालगन्जका मुख्य नाका सील गरिँदै

नेपालगन्ज २४, साउन । धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्र सील गरिएको छ। शनिबारसम्म जारी गरिएको निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ। कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगन्जका प्रमुख ठाउँलाई सिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ति नै जारी गरी सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सील गरिएको