अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले आज भूमि पूजा गर्ने
जनकपुर २१, साउन । अयोध्यामा राम मन्दिर निमार्णका लागि बुधबार भूमि पूजा हुने हुँदैछ। राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको कोषलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो ।