कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा झडप, प्रहरी र वडाध्यक्ष घाइते
पोखरा विशाल के.सी. कोरोना संक्रामणले निधन भएका स्याङजा वालिङका ५८ वर्षीय व्यक्तिको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । गएराति साढे ११ बजे निधन भएका गुरुङ समुदायका एक व्यक्तिको शव व्यवस्थापनमा झडपसमेत भयो । प्रहरी र वडाध्यक्ष समेत घाइते भए । शव व्यवस्थापनमा अवरोध गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुरुमा हरियोखर्कमा शव व्यवस्थापन गर्ने भनेर महानगरले निर्णय गर्यो । तर, त्यहाँका स्थानीयले अवरोध गरे । स्थानीयको अवरोधपछि