समाचार

उपत्यका: संक्रमित दर बढ्न थाले अस्पतालमा बेड अभाव हुनसक्छ

काठमाडौं  २२, साउन । सरकारले उपत्यकामा कोभिड-१९ को संक्रमितलाई उपचार गर्न बनाइएका अस्पतालको बेड दिनदिनै भरिन थालेका छन्। दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था आउन सक्ने देखिएको छ। थपिएका नयाँ संक्रमित र उपचाररत संक्रमित बाहिरी जिल्ला र थोरै मात्र उपत्यकाका छन्। काठमाडौं उपत्यकामा संक्रमित थपिन थालेपछि सरकारले परीक्षण दायरा बढाएसँगै संक्रमित थपिएका हुन्। अस्पतालमा लक्षणसहित संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुँने संभावना बढ्दै

कपिलवस्तुमा १० दिनका लागि निधेषाज्ञा

कपिलबस्तु २३, साउन । कपिलवस्तु प्रशासनले शक्रबारदेखि लागु हुनेगरी १० दिनका लागि निधेषाज्ञा जारी गरेको छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिएर दिनहुँ संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ।अत्यावश्यक सेवा

नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज २२, साउन ।  नेपालगञ्जमा चिकित्सकसहित २८ जना कोरोना संक्रमित थपिएका छन्। समुदायमा कोरोना फैलिएकाले गएको शनिबारदेखि निषेधाज्ञा जारी रहेको बाँकेमा बिहीबार २८ जना संक्रमित थपिएका छन्। थपिएका बिरामी सबैजसो नेपालगञ्ज उपमहानगरपालिकाकै छन्। मेडिकल कलेजमा काम गर्ने चिकित्सकदेखि कर्मचारी, सर्वसाधारणलाई कोरोना भएको छ। कोरोना देखिएका प्रायः संक्रमितको सम्पर्कमा आएका व्यक्ति छन्। भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका बिहीबार १४ जना संक्रमित देखिएका छन्। बर्दियामा पनि आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने

हावाहुरीका कारण केरा खेतीमा ७० लाख भन्दा बढीको क्षति

नवलपरासी २२ साउन । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले नवलपुरको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ । हावाहुरीको कारण नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए । कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाई

तस्विरः फाइल

साउन २२, काठमाडौ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पर्सामा दुई जना कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु

सवारी साधनमा आजदेखि फेरि जोर विजोर लागू, राति हिँडडुल गर्न रोक

साउन २२, काठमाडौ । सरकारले आज विहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ । जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारीसाधान

बन्दुक सहित दुईजना पक्राउ

नेपालगन्ज २१, साउन । बाँके प्रहरीले  भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका ४ खयरभट्टीका ५० बर्षिय रामबली चौधरी र ६१ बर्षका बिष्णु प्रसाद चौधरी छन्। उनीहरुलाई दुई नाले बन्दुक सहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता सुभाष खड्काले जानकारी दिनभयो । विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अयोध्यामा राम मन्दिर निर्माणका लागि मोदीले आज भूमि पूजा गर्ने

जनकपुर २१, साउन । अयोध्यामा राम मन्दिर निमार्णका लागि बुधबार भूमि पूजा हुने हुँदैछ। राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ । भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको कोषलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो ।

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगे

काठमाडौं । नोवेल कोरोना भाइरस (COVID-19) संक्रमितको संख्या विश्वमा १ करोड ८१ लाख भन्दा वढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डव्लु. एच.ओ.) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल

बाँकेमा थप तीन जनाले कोरोना जिते

बाँकेमा थप तीन जनाले कोरोना जिते बाँकेमा थप तीन जनाले कोरोना भाइरस संक्रमण जितेर बुधवार डिस्चार्ज भएका छन् । त्यसमा दुई महिला छन् । नेपालगन्ज उपमहानगरपालिका १८ का २६ बर्षिया महिला र राप्तीसोनारी गाउँपालिका ८ की ३६ बर्षीया महिला र अर्का राप्तीसोनारी २ का २० बर्षीय पुरुष छन् । दुई महिला सुशील कोइराला कोइराला क्यान्सर अस्पताल खजुराबाट र पुरुष भने आर्दशनगर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको