समाचार

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना, सामान्यलाइ आइसोलेसनमा राखिने

काठमाण्डाै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एन्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए। उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका

सप्तरीमा दुई समूहबीच झडप,१५ जना घाइते

सप्तरी २१ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई

केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द

काठमाडौं २१ जेष्ठ । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आइसोलेसनमा मंगलबार एक

जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

जुम्ला २१ जेष्ठ । जुम्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको साहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै

रुकुम घटनामा १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्नेलाइ कारवाही हुनुपर्छ : नायिका रेखा थापा

काठमाण्डाै अार. सापकाेटा गएको शनिबार जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर– ८, सोती गाउँमा भएको घटनामा जाजरकाेट र रुकुम चाैरजहारीका नवराज वि.प.,  टिकाराम सुनार, गाेविन्द शाही लगायत छ जनाकाे मृत्यु भइसकेकाे छ । घटनाकाे वास्तविकता हालसम्म पनी पहिचान हुन सकेकाे छैन । साेही घटनालाइ लिएर सामाजिक सञ्जालमा केहीले नवराजकी प्रेमिका भनिने एक १७ वर्षिया शुष्मा मल्लकाे चरित्र हत्या गर्न खाेजिएकाे भन्दै नायिका रेखा थापाले दाेसी माथी तत्काल

लकडाउनका कारण सयाै संख्यामा चलचित्र प्राविधिकहरु वेराेजगार, कसरी बाँच्ने चिन्ता

काठमाण्डाै आर. सापकाेटा तिव्र रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका पाँच दर्जन वढि देशहरुमा महामारीका रुपमा फैलिरहेकाे छ ।  नेपालमा पनि यो भाइरस देखिएसँगै आफ्ना नागरिकलाइ सुरक्षीत राख्न सरकारले चैत्र ११ गतेवाट लकडाउनको घोषणा गरेपछि हरेक क्षेत्र स‌गै फिल्मी क्षेत्रपनी प्रभावित भएकाे छन् । अन्य क्षेत्र जस्तै फिल्म क्षेत्रमा पनि लकडाउनपछि कुनै गतिविधि भएका छैनन् । सिनेमा हल पूर्ण रुपले बन्द हुँदा प्रदर्शनको मिति कुरेर वसिरहेका

कोरोना जित्नेकाे संख्या २६६ पुग्याे, सवैभन्दा वढि प्रदेश २ मा

काठमाण्डाै विश्व महामारीकाे रुपमा फैलिरहेकाे नाेवेल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेकाे संख्या नेपालमा २६६ पुगेकाे छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण निको हुनेको संख्या प्रदेश २ मा रहेको छ । जसमा १०४ जना रहेका छन् । हालसम्म एक जना पनि कोरोना मुक्त नभएको प्रदेश कर्णाली हो । केही दिनयता कर्णाली प्रदेशमा दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या वढिरहेकाे छ । त्यस्तै प्रदेश १ मा कोरोना निको हुनेको संख्या ४८ जना

कालीकोटमा खाद्यान्न बोकेको जिप   दुर्घटना, व्यापारीको मृत्यु

कालिकोट मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा  शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले

कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिनमा थपिए २ सय ८८

काठमाण्डौ पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न ठाउँमा गरिएको प्रयाेगशालामा गरिएको परिक्षणमा उक्त संख्या पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ । यस्तै मंगलबार देशका विभित्र

झापा र सुनसरीका १८ जनाले जितेे काेराेना

धरान साेमवार प्रदेश १ बाट थप १८ जनाले नाेवेल कोरोना भाइरसलाइ जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरु सवैलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।