सोती घटनाको पोष्टमार्टम रिपोर्टः टाउको, हातखुट्टा र छातीमा चोट
प्रवीर ददेल, रुकुम तीन वर्षपहिले सुरु भएको प्रेमयात्रा कै कारण रुकुम पश्चिमको चौरजहारीमा जेठ १० शनिवार घटेको घटनामा मारिएका ५ युवाको पोष्टमार्टम जाजरकोट अस्पतालमा गरिएको छ । पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्यु कुटपिटबाट भएको देखीएको चिकित्सकले वताएका छन । मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए। ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ, नदीमा बगे पनि उनीहरुको